• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, मङि्सर ०३, २०८२
मङ्गलबार, मङि्सर ०३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अग्नि समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता

मतदाता नामावलीमा ६ लाख २० हजार नयाँ मतदाता थपिए

प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

नबिल बैंकको प्रतिकित्ता ३०१ रुपैयाँमा संस्थापक शेयर बिक्रीमा

दुर्गा प्रसाईंलाई छाड्न अल्टिमेटमको माग राख्दै राष्ट्रिय परिचयपत्र विभागको वेबसाइट ह्याक

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिम प्रदेशका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

सुनको मूल्य तोलामा तीन हजार आठ रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

सेवा हाइड्रोले पनि आईपीओ निष्कासन गर्ने

एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

  • ३. २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

  • ५. २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ८. सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट आजदेखि सुरु हुँदै : १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी, नि:शुल्क सहभागी हुन सकिने

  • ९. बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • १०. टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

उज्यालोको पर्व तिहार आरम्भ, आज साँझ धनतेरस

काठमाडौं । सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन आज यसपालिको दीपावली (तिहार) पर्व सुरु गरिँदै छ । महोत्तरीसहितका मधेसका मिथिलाक्षेत्रमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म रहने दीपावली पर्वको पहिलो दिन आज ‘धनतेरस’ मनाइने तयारी छ ।

मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज धातुका नयाँ समान जोडेर लक्ष्मीको आराधना गर्दै ‘धनतेरस’ पर्व मनाइने तयारी छ । सामान्यतया पाँच दिनको यो पर्व यसपालि तिथिको भोग घटबढले छ दिनको भएको छ । आज अपराह्न १३ः२३ पछि त्रयोदशी लाग्नेहुँदा यसै तिथिको साँझ आज ‘धनतेरस’ मनाइने भएको हो ।

आज अपराह्न १३ः२३ सम्म द्वादशी तिथिको भोग रहे पनि त्यसपछि त्रयोदशी तिथि सुरु हुने भएको हुँदा आजै धनतेरस मनाइने मैथिल कर्मकाण्डका ज्ञाताहरूको भनाइ छ । ‘धनतेरस’ लक्ष्मीकै आराधना भएको र यो सन्ध्याकालदेखि गरिने मैथिल चलन छ ।

मिथिलामा चाडपर्व र तिथि प्रयोजनसँग जोडिने कार्यहरू विद्यापति र मिथिला पञ्चाङ्गका आधारमा निर्णय गर्ने चलन छ । अपराह्न नै त्रयोदशी सुरु भएर आजै ‘धनतेरस’ मनाइए पनि यसै तिथिको कागपूजा भने भोलि आइतबार नै हुनेछ । यसैगरी लक्ष्मीपूजा र गाईपूजा पनि एकदिन अघिपछि परेको छ । सामान्यतया दिवालीको पहिलो दिन त्रयोदशी तिथिमा कागपूजा र धनतेरस एबम् औँसीमा गाईपूजा र सन्ध्यापछि लक्ष्मीपूजा गरिने चलन हुन्छ । तर यसपालि रातको औँसी सोमबार नै परेको हुँदा सोही दिन लक्ष्मीपूजा गरिने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित दिनेशकुमार झा बताउन्छन् ।

यसपालि तिथिको भोग घटबढले फरकफरक दिन (एकदिन अघिपछि) यी पर्वविधि गरिन पर्ने भएको हो । धनतेरस आज र भैयादूज (भाइटीका) आउने बिहीबार परेको हुँदा पाँच दिनको भनिने ‘यमपञ्चक’ यसपालि एक दिन बढेर छ दिनको भएको हो ।

कात्तिक कृष्ण त्रयोदशीको रात्रिकाल भोगको (सूर्यास्तपछि) दिनलाई मिथिलामा ‘धनतेरस’ भनिन्छ । यस दिन नयाँ धातुका समान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने मैथिल परम्परा छ । आज अपराह्न त्रयोदशी तिथि प्रारम्भ हुने हुँदा नक्षत्रादीको भोगले सन्ध्याकालमा धातुका नयाँ सामान किन्न शुभ हुने पं। झाको भनाइ छ । घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिनेछ ।

मिथिलामा धनत्रयोदशी पनि भनिने ‘धनतेरस’ आज मनाइने भए पनि त्रयोदशी तिथिमै मनाइने धन्वन्तरी जयन्ती र काक पूजा भने भोलि आइतबार मनाइने छ । यसैगरी औँसीको रातमा गरिने लक्ष्मी पूजा सोमबार र यसै तिथिमा गरिने गाई पूजा भने मङ्गलबार गरिने छ । ‘धनतेरस’ र लक्ष्मीपूजा सन्ध्याकालसँगै सुरु गरेर रातभरि गरिन्छ । तर गाईपूजा भने दिनको उज्यालोमा गरिने चलनले यो मङ्गलबार बिहान गरिने झाले स्पष्ट पारे।

दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुसी पार्न ‘धनतेरस’ पर्वको परम्परा चलेको पाका मैथिल बताउँछन् । मिथिला क्षेत्रमा ‘दिवाली’को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ । सन्ध्याकालमा दीप प्रज्वलनसँगै ‘धनतेरस’ को पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ ।

पर्व विशेषका कारण तामा, पित्तल र काँस एवं सुनचाँदीका गहना बनाउने पसल एक दिन पहिलेदेखि नै झकीझकाउ बनाइएका छन् । मिथिलामा आज किनिएको समान शुभफल दिने, टिकाउ र नाफामूलक हुने जनविश्वास रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अग्नि समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता
    मतदाता नामावलीमा ६ लाख २० हजार नयाँ मतदाता थपिए
    दरमखोला हाइड्रोपावरबाट विद्युत् उत्पादन सुरु

    लोकप्रिय

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

    २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

    २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    अग्नि समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता

    मतदाता नामावलीमा ६ लाख २० हजार नयाँ मतदाता थपिए

    प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    नबिल बैंकको प्रतिकित्ता ३०१ रुपैयाँमा संस्थापक शेयर बिक्रीमा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • अग्नि समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता
    • मतदाता नामावलीमा ६ लाख २० हजार नयाँ मतदाता थपिए
    • प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
    • नबिल बैंकको प्रतिकित्ता ३०१ रुपैयाँमा संस्थापक शेयर बिक्रीमा
    • दुर्गा प्रसाईंलाई छाड्न अल्टिमेटमको माग राख्दै राष्ट्रिय परिचयपत्र विभागको वेबसाइट ह्याक

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.