• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, कार्तिक ०३, २०८२
आइतबार, कार्तिक ०३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार मनाइँदै

२०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

कात्तिकमा निक्षेपको ब्याजदर घट्यो,अधिकांश वाणिज्य बैंकको दर घटाउने निर्णय

काठमाडौंमा राती नौ बजेपछि देउसी–भैली नखेल्न प्रशासनको आग्रह

डिशहोमका ग्राहकलाई ‘डल्ले’का उपत्यकामा रहेका आउटलेटमा विशेष छुट

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

उज्यालोको पर्व तिहार आरम्भ, आज साँझ धनतेरस

मन्त्री घिसिङको नजर अलपत्र सडक र पुलतिर, १७ ठेक्का तोड्ने प्रक्रिया अगाडि बढ्यो

लोकप्रिय समाचार

  • १. २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ असोज २७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. जिली इएक्स ५ ले नेपाली उपभोक्ताहरुको मन जित्दै

  • ५. अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

  • ६. २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ८. नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड

  • ९. पेट्रोलको मूल्य घट्यो, अब कुन ठाउँमा कति मुल्य ?

  • १०. हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजाआराधना हुने गर्छ । त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजाआराधना गरिन्छ । यहाँ कागको ठूलो मूर्ति बनाइएको छ ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यमयातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
    २०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    काठमाडौंमा राती नौ बजेपछि देउसी–भैली नखेल्न प्रशासनको आग्रह

    लोकप्रिय

    २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ असोज २७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    जिली इएक्स ५ ले नेपाली उपभोक्ताहरुको मन जित्दै

    अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

    ताजा

    सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार मनाइँदै

    २०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    कात्तिकमा निक्षेपको ब्याजदर घट्यो,अधिकांश वाणिज्य बैंकको दर घटाउने निर्णय

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
    • आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार मनाइँदै
    • २०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • कात्तिकमा निक्षेपको ब्याजदर घट्यो,अधिकांश वाणिज्य बैंकको दर घटाउने निर्णय
    • काठमाडौंमा राती नौ बजेपछि देउसी–भैली नखेल्न प्रशासनको आग्रह

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.