काठमाडौँ । सुनको मूल्य प्रतितोला रू दुई हजार सात सय बढेको छ । बिहीबार प्रतितोला रू दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रू दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै,आज चाँदीको मूल्यमा पनि तोलामा रू ८० रुपिया ले बढेर रू तीन हजार ६० रुपियामा कारोबार भई रहेको छ ।





