राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको २ अर्ब ६० करोड मुद्धति निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूसँग ब्याजदरसहितको प्रस्ताव आह्वान गरेको छ।
सूचना अनुसार, उक्त लगानी ३६६ दिनका लागि (२०८२ मंसिर २४ देखि २०८३ मंसिर २४ सम्म) हुनेछ। कुल लगानी रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकका लागि सबैभन्दा धेरै २ अर्ब ८ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकका लागि ३९ करोड रुपैयाँ, र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि १३ करोड रुपैयाँ विनियोजन गरिएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरी २०८२ कात्तिक १८ गते साँझ ७ बजेभित्र प्रस्ताव पेस गर्नुपर्नेछ।
राष्ट्र बैंकका अनुसार लगानी प्राप्त गर्न इच्छुक संस्थाले केही महत्त्वपूर्ण सर्तहरू पूरा गरेको हुनुपर्नेछ। तीमध्ये सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जाको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा ३ प्रतिशतभन्दा कम भएको, पछिल्लो आर्थिक वर्षमा खुद नाफा कमाएको, राष्ट्र बैंकको कारबाहीमा नपरेको र सर्वसाधारणका लागि सेयर जारी गरिसकेको हुनुपर्ने उल्लेख छ।
राष्ट्र बैंकले यो लगानीलाई कोषको सुरक्षित र लाभदायक व्यवस्थापनका लागि नियमित प्रक्रिया अन्तर्गत गरेको जनाएको छ।
सम्बन्धित समाचार
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै

