काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १०.३७% लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले वितरण गर्ने लाभांशमा ५% बोनस सेयर र ५.३७% नगद लाभांश (करसहित) रहने जनाइएको छ। लाभांश वितरण नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूलाई प्रदान गरिनेछ।






