काठमाडौं । अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका लागि सवारीसाधन खरिदका लागि ६८ करोड ३५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रालयले आवश्यक स्रोत सहमति प्रदान गरेको जनाएको छ।
नेपाल प्रहरीका लागि १०६ सवारी किन्न ४५ करोड ३० लाख रुपैयाँ बजेट उपलब्ध गराइएको छ। यसअन्तर्गत १०० पिकअप र ६ कैदी सवारी खरिद गरिनेछ।
सशस्त्र प्रहरी बल नेपालले ५० सवारी किन्न २३ करोड ५ लाख रुपैयाँ पाउनेछ। यसबाट २० पिकअप, २० रिमोट कन्ट्रोल भेहिकल (आरसीभी), २ एम्बुलेन्स, ३ डिजास्टर रेस्क्यू भ्यान र ५ वटा १२ वाई १२ ट्रक खरिद गरिने योजना रहेको बताइएको छ ।





