एसवाई प्यानलको आईपीओ आजदेखि खुला
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँड गरिसकेकाले यो दोस्रो चरणको निष्कासन हो।
कम्पनीले प्रतिकित्ता रु. १०० दरका ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। पहिलो चरणमा २ लाख ६१ हजार ६२७ कित्ता आयोजना प्रभावित र ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण भइसकेको छ।
अब बाँकी शेयरमध्ये १ लाख ४९ हजार १२७ कित्ता कम्पनीका कर्मचारी र २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी ४० लाख ७६ हजार १५६ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
सर्वसाधारणले घटीमा १० कित्ता र बढीमा ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यसका लागि न्यूनतम रु. १,००० र अधिकतम रु. ५० लाख लगानी आवश्यक पर्छ। आवेदन अवधि आजदेखि कात्तिक २३ गतेसम्म बैंकिङ समयभित्र रहनेछ।
आईपीओको क्रेडिट रेटिङ इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी–आईआर बीबीप्लस’ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम सुनिश्चितता जनाउँछ। आईपीओको निष्कासन र बाँडफाँड कार्य प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
