कृषि विकास बैंकले १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा
जानकारी केन्द्र
२०८२, कार्तिक, २१
काठमाडौं । कृषि विकास बैंक लिमिटेड (ADBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने १३ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको कार्तिक १९ गते बसेको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। घोषित कुल १३ प्रतिशत लाभांशमध्ये ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेका छन्।
त्यसका साथै, बैंकले हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।बैंकले जनाएको छ कि सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ।
कृषि विकास बैंक नेपालको प्रमुख वाणिज्य बैंकमध्ये एक हो, जसले देशभरका शाखामार्फत कृषि, सहकारी र ग्रामीण क्षेत्रको वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ।
सम्बन्धित समाचार
नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल रेसिङ इभेन्ट ‘एक्स्ट्रिम रेस वार्स २०२६’ बनेपामा हुँदै, महिला विधामा क्युजे मोटरको प्रायोजन
भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब सहयोग घोषणा, ५० अर्ब अनुदान दिने
नेपाल–जापान फेस्टिभल २०२६ मा यामाहा एक्स एस आर १५५ को नयाँ ग्रिन भेरियन्ट सार्वजनिक
निरन्तर घटेको सुनको भाउ आजभने तोलामा ४ हजार ८ सय रुपैयाँले वृद्धि
तीन दिने कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, ४२ हजार १४९ दर्शकले गरे अवलोकन
आज अधिकांश क्षेत्रमा मौसम सफा, हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
