एभरेष्ट बैंकको नाफा ४.५७ प्रतिशतले बढ्यो
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास अर्थात असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार बैंकले तीन महिनामा १ अर्ब १७ करोड ९२ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १२ करोड ७७ लाख ४० हजार रुपैयाँ नाफा कमाएको थियो। यसअनुसार, बैंकको नाफा ४.५७ प्रतिशतले वृद्धि भएको छ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेका छन्। गत आवको पहिलो त्रैमासमा २ अर्ब १३ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवमा २ अर्ब ४० करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ।
त्यस्तै, सञ्चालन नाफा पनि १ अर्ब ६१ करोड १६ लाख रुपैयाँबाट बढेर १ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ पुगेको छ। असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ रहेको छ।
असोज मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.७७ प्रतिशतबाट घटेर ०.७४ प्रतिशतमा आएको छ। बैंकको प्रतिसेयर आम्दानी (EPS) ३६ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ २५५ रुपैयाँ ६९ पैसा रहेको विवरणमा उल्लेख गरिएको छ।
बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ र जगेडा कोष १४ अर्ब ४१ करोड ८८ लाख ८३ हजार रुपैयाँ रहेको छ। यस अवधिसम्म बैंकले ३ खर्ब १३ अर्ब ८९ करोड २ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २७ अर्ब ३४ करोड ५८ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
