हिमालयन बैंकको नाफा ३.२४ प्रतिशतले घट्यो
काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार बैंकको नाफा ३/२४ प्रतिशतले घटेर ७० करोड २८ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७२ करोड ६४ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने वृद्धि भएको छ। गत आवको पहिलो त्रैमासमा २ अर्ब ४५ करोड ९ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा २ अर्ब ५० करोड ७१ लाख ११ हजार रुपैयाँ आम्दानी गरेको छ। तर, सञ्चालन नाफा भने घटेको छ। बैंकको सञ्चालन नाफा १ अर्ब ८१ करोड ३० लाख ७५ हजार रुपैयाँबाट घटेर १ अर्ब ५ करोड ६६ लाख २३ हजार रुपैयाँमा पुगेको छ। असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ७ अर्ब ५४ करोड ६४ लाख ८७ हजार रुपैयाँ ऋणात्मक रहेको छ।
यस अवधिमा बैंकको खराब कर्जा उल्लेखनीय रूपमा बढेको छ। गत आवको सोही अवधिमा ४.९८ प्रतिशत रहेको खराब कर्जा चालु आवमा ७.३९ प्रतिशतमा पुगेको छ। बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ र जगेडा कोष २४ अर्ब ५४ करोड ९० लाख ८३ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ।
असोज मसान्तसम्म बैंकले ३ खर्ब १५ अर्ब ११ करोड ५८ लाख १ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ७३ करोड ५९ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको प्रतिसेयर आम्दानी (EPS) १२ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा रहेको विवरणमा जनाइएको छ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


