काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ३२ करोड ४० लाख नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा ३८ करोड २० लाख ८४ हजार नाफा कमाएको थियो ।
यस्तै, बैंकले असोज मसान्तसम्ममा २ अर्ब १६ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यता, गत वर्ष भने बैंकले २ अर्ब ८ करोड ८२ लाख खुद ब्याज आम्दानी गरेको थियो । साथै, हाल बैंकको सञ्चालन नाफा घटेर साढे ५० करोड पुगेको छ ।
हाल १४ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ६१ करोड रहेको छ । हाल बैंकको खराब कर्जा अनुपात ३।८० प्रतिशत पुगेको छ ।





