एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन
काठमाडौँ । नेपालकै विश्वसनीय अटोमोबाइल ब्रान्ड फोटोनले सुर्खेतमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ। आइतबार कार्यक्रममा एयरपोर्ट रोडस्थित स्वर्णिम बिजनेस कन्सर्न प्रा. लि. द्वारा आयोजना गरिएको थियो, जसले देशभर गुणस्तरीय सवारी साधन र सेवाहरू प्रदान गर्ने फोटोनको यात्रामा अर्को महत्वपूर्ण माइलस्टोन थपेको बताइएको छ। शोरुमको औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राम प्रसाद जैशी (राजु) महासचिव सुर्खेत चेम्बर अफ कमर्श द्वारा गरिएको थियो।
कार्यक्रममा ब्रान्डको बढ्दो प्रतिष्ठा र सामुदायिक सम्बन्धलाई झल्काउने गरी स्थानीय विद्यालय, यातायात समिति र प्रतिष्ठित बैंकका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। शोरुममा फोटोनका सम्पूर्ण मोडेलहरू उपलब्ध छन्, जसमा माउन्टेन ईभी भ्यान, TM1, लाइट ड्युटी ट्रकहरू र भर्साटायल टुनल्याण्ड पिकअप समावेश छन्। यी सवारीहरूले ग्राहकका सस्तो र दिगो शहरी यातायातदेखि लिएर भारी व्यावसायिक ढुवानीसम्मका विविध आवश्यकताहरू पूरा गर्छन्।

कम्पनीका अनुसार, नेपालमा उच्च गुणस्तरीय व्यावसायिक सवारी र इनोभेटिभ सोलुसन्सका लागि मानक स्थापना गरेको चितवन शोरुमको सफलतासँगै अब सुर्खेत शोरुमले एमएडब्लू वृद्धिको उत्कृष्टता, पहुँच र भरपर्दोपनको प्रतिबद्धतालाई थप सुदृढ बनाउने छ। चितवन शोरुमले त्यस क्षेत्रको लागि उच्च गुणस्तरीय, कुशल र भरोसायोग्य मोबिलिटी सोलुसन्सको माग पूरा गर्न महत्वपूर्ण भूमिका खेलेको छ भने अब सुर्खेत शोरुमले पश्चिमी क्षेत्रका ग्राहकहरूको लागि सोही सफलताको परम्परा जारी राख्ने बताइएकोछ।
यस विस्तारसँगै, फोटोन मोटरको बिक्री नेटवर्क अहिले देशभर १५ स्थानसम्म फैलिएको छ, जसले सुर्खेत र आसपासका क्षेत्रका ग्राहकहरूलाई अझ सहज पहुँच र सेवा सुनिश्चित गर्दछ। साथै, फोटोन टोटल केयर सर्भिस नेटवर्क पनि नेपालभर १७ सेवा केन्द्रहरूमा विस्तार भएको छ, जसले ग्राहकहरूलाई सुविधासम्पन्न आफ्टर सेल्स सर्भिस, मर्मतसम्भार समाधान र ब्रान्डको भरपर्दोपनको प्रतिवद्धता प्रदान गर्छ।

“हामी फोटोन मोटरलाई सुर्खेतवासीको नजिक ल्याउन पाउँदा उत्साहित छौं”, एमएडब्लू वृद्धि कमर्सियलका सीइओ तुषार गुप्ता भन्छन्, “चितवन शोरुमको सफलतापछि यो फ्यासिलिटीले विश्वस्तरीय सवारी, उत्कृष्ट सेवा र इनोभेटिभ मोबिलिटी सोलुसन्स प्रदान गर्ने हाम्रो निरन्तरको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ। हामी हाम्रो सम्पूर्ण भेहिकल सिरिज अन्वेषण गर्न र फोटोनको शक्ति र भरपर्दोपन अनुभवका लागि टेस्ट राइड लिन सबैलाई आमन्त्रण गर्छौं।”
एमएडब्लू वृद्धिका बारेमा
एमएडब्लू वृद्धि कमर्सियल नेपालमा व्यावसायिक सवारी सप्लायर हो जो उत्कृष्ट मोबिलिटी सोलुसन्स विकास गर्न र उपलब्ध गराउन प्रतिवद्ध रहेको जनाइएको छ। कम्पनी फोटोन सवारी साधनको अधिकृत वितरक हो र ग्राहक सन्तुष्टि सुनिश्चित गर्दै भरपर्दोपन र प्रदर्शनमा गर्व गर्दछ। एमएडब्लू वृद्धि कमर्सियलले आफ्नो देशव्यापी शोरुम र बढ्दो सर्भिस नेटवर्क मार्फत् व्यवसायहरूलाई उच्च गुणस्तरीय सवारी र विश्वस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्दै आएको बताइएको छ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने


