महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य
काठमाडौं । महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदानगर्ने गरी सहकार्य भएको छ । ११.११ को रुपमा विश्व व्यापी रुपमा नै मनाइने यस अभियान मार्फत महालक्ष्मी विकास बैंकले प्रदानगर्दै आएका डिजिटल बैंकिङ्ग सुविधाहरुलाई अझ विस्तार गर्दै जाने निति अनुरुप दराजनेपाल सँग सहकार्य भएको हो ।
यस सहकार्य अन्तर्गत २०८२ कार्तिक २५ गते देखी २०८२ मंसिर ५ गते सम्मको लागि लागु हुने गरी महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड लिएका गा्रहकहरुले दराज नेपाल मार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्तगर्न सक्नेछन् ।
ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १५०० सम्मछुट तथा त्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २००० सम्म छुट प्राप्तगर्न सक्नेछ्न । छुटको लागि ग्राहकहरुले दराजबाट भौचर संकलन गर्नुपर्नेछ ।
योजना अवधी भर सहभागी हुने ग्राहकहरुलाई पहिलोलाई प्राथमिकतामा राखी छुट प्रदान गरिनेछ । यस प्रकारका समझदारीबाट ग्राहकहरुसँग डिजिटल रुपमाजोडिन, ग्राहकहरुको भुक्तानी प्रक्रियालाई सुनिश्चित गर्न तथा डिजिटल नव प्रवर्तनको माध्यमबाट ग्राहक सन्तुष्टिलाई बढवा दिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरुले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ । यस अन्तर्गत आफुले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


