नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान (सूचनासहित)
काठमाडौं । नेपाली सेनाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले सेनाको विभिन्न पृतना, गण तथा बाहिनीहरुमा नयाँ भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको हो ।
उपत्यका पृतना नारायणहिटीका लागि ३५० जना, काभ्रेको भकुण्डेबेसीस्थित २६ नम्बर बाहिनी अड्डाका लागि ७५ जना, भक्तपुरको सूर्यविनायकस्थित रणशेर गणका लागि एक सय जना, सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरका लागि दुई जनालगायत विभिन्न गणमा विभिन्न सङ्ख्यामा सैन्य पदमा नयाँ भर्ना लिन लागेको हो ।
सबैभन्दा बढि सुर्खेतको निमारेस्थित श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरका लागि ४२५ जना मागेको छ भने विभिन्न सङ्ख्यामा ब.का.सि, सफाइकर्मी, लोहाकार, केशकर्तक, सूचिकार र चर्मकर्मी पनि मागेको छ ।
सैन्य पदका लागि शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ । एसइई वा सोभन्दा माथिका शैक्षिक योग्ताको प्रमाणपत्र पेस गर्नेहरूले भने कक्षा ८ को प्रमाणपत्र बुझाउनुपर्ने छैन ।
लेटर ग्रेडिङ निर्देशिकाअनुसार प्रमाणपत्र भएकाहरुको हकमा कक्षा ८ मा न्यूनतम जिपिए २ ल्याएको हुनुपर्ने र कुनै पनि विषयमा डि प्लसभन्दा कम हुन नहुने योग्यता तोकिएको छ । एसइई वा सोभन्दा माथिकै शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नेको हकमा न्यूनतम जिपिए १.६ अनिवार्य भनिएको छ ।

सम्बन्धित समाचार
अयोध्या–जनकपुर रेल सेवा सुरु, एक हजार यात्रु बोकेको रेल जनकपुर आइपुग्यो
किशोरकिशोरीको टिकटक गतिविधि अब अभिभावकले निगरानी गर्न सक्ने ,नयाँ पिचर सार्वजनिक
आज देशभर मौसम सफा, अधिकांश क्षेत्रमा घाम लाग्ने
नेपाल टेलिकममा आपत्कालीन अलर्ट परीक्षण सफल, अब मोबाइलमै विपद्को पूर्वसूचना आउने
नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल रेसिङ इभेन्ट ‘एक्स्ट्रिम रेस वार्स २०२६’ बनेपामा हुँदै, महिला विधामा क्युजे मोटरको प्रायोजन
भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब सहयोग घोषणा, ५० अर्ब अनुदान दिने
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
