डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापत २५ नयाँ उद्योगले बुझाए पहिलो किस्ता, ३५ उद्योगबाट २३ करोड ८७ लाख उठ्यो
काठमाडौं । लोडसेडिङको समयमा ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ मार्फत विद्युत् उपयोग गरेका उद्योगहरूले प्रिमियम महसुल तिर्न थालेसँगै नेपाल विद्युत् प्राधिकरणले बक्यौता उठाउने प्रक्रिया तीव्र भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार हालसम्म २५ नयाँ उद्योगले पहिलो किस्ताको रकम बुझाएका छन्।
यस्तै, पहिले किस्ताबन्दी सुरु गरेर बीचमै रोकिएका १० उद्योगले पनि भुक्तानी प्रक्रिया पुनः सुरु गरेका छन्। ऊर्जा मन्त्रालयका अनुसार प्राधिकरणले हालसम्म ३५ उद्योगबाट जम्मा २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ उठाइसकेको छ।
प्राधिकरणका अनुसार डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत् प्रयोगबापत ती उद्योगसँग कुल ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ बक्यौता थियो, जसमा अझै करिब ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ उठ्न बाँकी छ।
मन्त्रालयका अनुसार उठाउन बाँकी रकम २०७२ माघदेखि २०७५ वैशाखसम्म उद्योगहरूले उपयोग गरेको विद्युत्को प्रिमियम महसुल हो। डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् प्राप्त गर्ने उद्योगहरूलाई त्यतिबेला सामान्य उपभोक्ताभन्दा बढी दरमा महसुल तिर्नुपर्ने व्यवस्था थियो।
ऊर्जा तथा जलस्रोत मन्त्री तथा भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका मन्त्री कुलमान घिसिङले उद्योगीहरूले दायित्व बुझेका कारण भुक्तानी सुरु भएको बताए। उनले राज्यप्रतिको उत्तरदायित्व पूरा गर्न उद्योगीहरूले देखाएको सक्रियताप्रति धन्यवाद व्यक्त गर्दै बाँकी रकम पनि चाँडै उठ्ने विश्वास व्यक्त गरेका छन्।
सम्बन्धित समाचार
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

