हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक
काठमाडौं । सरकारले आगामी जाडो मौसममा हिमाली तथा उच्च पहाडी क्षेत्रमा हुने हिमपात र तराईमा पर्ने शीतलहर लक्षित गरी पहिलोपटक दुई छुट्टा राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ। गृह मन्त्रालयअन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला निकायसँगको छलफलपछि कार्ययोजना तयार गरेको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनअनुसार तयार गरिएको कार्ययोजनामा हिमाली/उच्च पहाडीका २९ जिल्ला र शीतलहर प्रभावित २१ जिल्ला पहिचान गरिएका छन्। प्रभावित क्षेत्रहरूमा जोखिम न्यूनीकरण, राहत सामग्रीको अग्रिम व्यवस्थापन, सही पूर्वानुमान तथा समयमै सूचना उपलब्ध गराउनेजस्ता रणनीति समेटिएका छन्।
प्राधिकरणका अनुसार कार्ययोजनाले ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, दीर्घरोगी तथा विपन्न समुदायलाई विशेष संरक्षण प्रदान गर्ने लक्ष्य लिएको छ। मंसिर १५ भित्र प्रभावित क्षेत्र तथा लक्षित वर्गको पहिचान गर्दै स्थानीय तहहरूले पनि आफ्नो कार्ययोजना तयार गर्ने व्यवस्था मिलाइएको छ।
सम्बन्धित समाचार
अण्डाको मूल्य फेरि बढ्यो, बजारमा नयाँ दर लागु
नेप्से परिसूचकमा ७.७९ अंकको गिरावट, ४ अर्बभन्दा बढीको कारोबार
गुगल र मेटा पछि एप्पलले पनि अब स्मार्ट चश्मा ल्याउने
यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन पटाया, थाइल्यान्ड प्रस्थान
प्रभु बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
पहिरो, बाढी र वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

