हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक
काठमाडौं । सरकारले आगामी जाडो मौसममा हिमाली तथा उच्च पहाडी क्षेत्रमा हुने हिमपात र तराईमा पर्ने शीतलहर लक्षित गरी पहिलोपटक दुई छुट्टा राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ। गृह मन्त्रालयअन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला निकायसँगको छलफलपछि कार्ययोजना तयार गरेको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनअनुसार तयार गरिएको कार्ययोजनामा हिमाली/उच्च पहाडीका २९ जिल्ला र शीतलहर प्रभावित २१ जिल्ला पहिचान गरिएका छन्। प्रभावित क्षेत्रहरूमा जोखिम न्यूनीकरण, राहत सामग्रीको अग्रिम व्यवस्थापन, सही पूर्वानुमान तथा समयमै सूचना उपलब्ध गराउनेजस्ता रणनीति समेटिएका छन्।
प्राधिकरणका अनुसार कार्ययोजनाले ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, दीर्घरोगी तथा विपन्न समुदायलाई विशेष संरक्षण प्रदान गर्ने लक्ष्य लिएको छ। मंसिर १५ भित्र प्रभावित क्षेत्र तथा लक्षित वर्गको पहिचान गर्दै स्थानीय तहहरूले पनि आफ्नो कार्ययोजना तयार गर्ने व्यवस्था मिलाइएको छ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
