सहकारी बैंकको नोक्सानी ४ अर्ब नाघ्यो
काठमाडौं । राष्ट्रिय सहकारी बैंकको वित्तीय अवस्था कमजोर बन्दै गएको छ। बैंकको सञ्चित नोक्सानी ४ अर्ब २५ करोड पुगेको सबैभन्दा ठूलो चुनौती हो। प्राथमिक पूँजी कोष ०.३४ प्रतिशत र कुल पूँजी कोष ०.८२ प्रतिशत मात्र रहेकाले बैंक कर्जा लगानी योग्य स्थिति बाहिर पुगेको छ।
गत वर्ष ५ अर्ब १५ करोड नोक्सानी व्यवस्था गर्न निर्देशन दिँदा पनि बैंकले ४ अर्ब ८६ करोड मात्र व्यवस्था गरेको छ। गैर–बैंकिङ सम्पत्ति पनि ४० करोडले बढेर १ अर्ब ५२ करोड पुगेको छ।
राष्ट्रिय सहकारी बैंकको वित्तीय अवस्था झनै कमजोर बन्दै गएको छ। नेपाल राष्ट्र बैंकको नियमनमा आएपछि गरेको निरीक्षणले बैंकमा सुशासनको अभाव र राजनीतिक हस्तक्षेपका कारण गम्भीर समस्या देखिएको केन्द्रीय बैंकका अधिकारीले बताएका छन्।
उनका अनुसार सहकारी बैंकले बिनाधितो राजनीतिक आधारमा कर्जा वितरण गरेको र कमजोरी लुकाउन सञ्चालन समिति–व्यवस्थापन मिलेमतो गरेको पाइयो। राष्ट्र बैंकले आवश्यक निर्देशन दिए पनि बैंकले समयमै नोक्सानी व्यवस्थापन नगरेको जनाइएको छ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

