नेपालबाट बंगलादेशलाई थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति
काठमाडौं । नेपाल र बंगलादेशबीच विद्युत् व्यापार विस्तार गर्ने सहमति भएको छ। हाल नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको अवस्थामा थप २० मेगावाट थप गरी कुल ६० मेगावाट पुर्याउने निर्णय भएको हो।
बिहीबार ढाकामा सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औँ बैठकमा उक्त सहमति जुटेको हो। बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशको तर्फबाट ऊर्जा सचिव फर्जना ममताजले टोलीको नेतृत्व गरेका थिए।
बैठकमा दुई देशबीच ऊर्जा व्यापारलाई दीगो रूपमा विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो। बंगलादेशले सुनकोशी–३ जलविद्युत् आयोजनामा लगानी प्रक्रिया अघि बढाउन सहमति व्यक्त गर्दै आयोजनाको मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गर्ने उल्लेख गरेको छ। साथै, परियोजनासम्बन्धी संयुक्त लगानी सम्झौता(JVA)छिटो टुंग्याउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
नेपालले जलविद्युत् उत्पादन विस्तारसँगै अन्तरदेशीय ऊर्जा व्यापारलाई प्राथमिकता दिइरहेको अवस्थामा बंगलादेशसँगको यो सहकार्य ऊर्जा निर्यात वृद्धिको महत्वपूर्ण अर्को कदमका रूपमा लिइएको छ।
सम्बन्धित समाचार
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
