राष्ट्र बैंक आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्ने
जानकारी केन्द्र
२०८२, मंसिर, १५
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि आज ४० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ। केन्द्रीय बैंकले ३५ दिन अवधि रहेका अल्पकालीन उपकरण निक्षेप संकलन (Deposit Collection) सञ्चालन गर्दै सो रकम संकलन गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार अनलाइन बिडिङ प्रणालीमार्फत आज २ बजेपछि बोलकबोल गर्न सकिनेछ। यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँका गुणनले निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन्। सो निक्षेपको मूलधन तथा ब्याज भुक्तानी पुस २० गते हुनेछ।
निक्षेप संकलन प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


