घर–जग्गा कारोबार इजाजतपत्रका लागि आवेदन म्याद मङ्सिर २७ गतेसम्म थप
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर–जग्गा कारोबारका लागि इजाजत पत्र लिन इच्छुक फर्म, कम्पनी तथा संस्थाहरूका लागि आवेदन दिने म्याद थप गरेको छ। विभागका अनुसार अब मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिनेछ।
यसअघि विभागले असोज १३ गते सूचना जारी गर्दै महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई पहिलो चरणको कार्यक्षेत्र बनाउँदै आवेदन आह्वान गरेको थियो। एक पटकमा निर्धारित सीमा (खत–खतिन करोडभन्दा बढी) भन्दामाथि कारोबार गर्न चाहने संस्थाले इजाजतपत्र अनिवार्य लिनुपर्ने व्यवस्था मालपोत ऐन, २०३४ ले तोकेको छ।
घर–जग्गा कारोबारलाई पारदर्शी, मर्यादित र वैज्ञानिक बनाउने उद्देश्यले लाइसेन्स प्रणालीलाई व्यवस्थित गर्न लागेको विभागले जनाएको छ। न्यून सङ्ख्यामा आवेदन परेपछि गत शुक्रबारदेखि लागू हुने गरी म्याद थपिएको हो।
विभागका अनुसार गत कात्तिक महिनामा घर–जग्गा कारोबारबाट दुई अर्ब ७४ करोड ५१ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। यसमध्ये सेवा कर, रजिष्टे«शन शुल्क तथा पूँजीगत लाभकरसहित उल्लेख्य रकम प्राप्त भएको विभागले जनाएको छ।
सम्बन्धित समाचार
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
