राष्ट्र बैंकले स्थायी तरलता सुविधा र नीतिगत दर घटायो
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै स्थायी तरलता सुविधा (SLF) दर तथा नीतिगत दर दुवै घटाउने निर्णय गरेको छ। ब्याजदर करिडोरलाई व्यवस्थित गर्दै नीतिगत दरलाई करिडोरको मध्यभागमा राख्ने उद्देश्यसहित यो समायोजन गरिएको हो।
समिक्षाअनुसार करिडोरको माथिल्लो सीमा रहेका स्थायी तरलता सुविधा दर ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत गरिएको छ। त्यस्तै, नीतिगत दर ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशतमा कायम गरिएको छ।
यद्यपि, करिडोरको तल्लो सीमा मानिने स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत यथावत राखिएको छ। राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (CRR) तथा वैधानिक तरलता अनुपात (SLR) सम्बन्धी व्यवस्था पनि जस्ताकै रहने जनाएको छ।
मौद्रिक नीतिको यो समायोजनले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन तथा बजार ब्याजदरमा प्रभाव पर्ने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

