महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय अवार्डबाट सम्मानित
काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक “बैकिङ्ग नवप्रवर्तन तथा ग्राहक सन्तुष्टीमा उत्कृष्ट” वप्रवर्तन र ग्राहक आनन्दमा उत्कृष्टता विधा अन्तर्गत अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।
डिसेम्बर ०७, २०२५ मा भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमका बीच महालक्ष्मी विकास बैंकलाई उक्त अन्तराष्ट्रिय अवार्ड प्रदान गरेको हो । महालक्ष्मी विकास बैंकको तर्फबाट यस बैंकका वरिष्ठ अधिकृतहरुले उक्त सम्मान ग्रहण गर्नुभएको हो ।
बैंकले बैंकको ब्रान्ड प्रतिष्ठा सुधार गर्न, ग्राहक विश्वास अभिवृद्धि गर्न, बैकिङ्ग सेवामा नवप्रवर्तनका कार्यहरु गर्न, उत्कृष्ट नेतृत्व तथा वृत्ति विकासमा सुधार गर्न तथा बैंकको मिडिआ उपस्थिति र संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले गरेको उत्कृष्ट कार्य बापत उक्त अवार्ड बैंकले प्राप्त गर्न सफल भएको हो ।
दुई देश बीच सीमा–पार वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्यहरु गर्दै आएको यस महालक्ष्मी विकास बैंकलाई यस अवार्डको प्राप्तसँगै थप सहज हुने तथा नेपाल र भारतबीचको बैंकिङ्ग सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा–पार व्यापार र रेमिटेन्स अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । नेपाल र भारत बीच सीमा पार भुक्तानीमा आवद्ध भएसँगै यस अवार्डको प्राप्ती बैंकको लागि थप महत्वपुर्ण सावित हुने विश्वास समेत बैंकले लिएको छ ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

