दीक्षान्त समारोह : २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को ३१ औँ दीक्षान्त समारोहमा विभिन्न तहका गरी २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित भएका छन्। उपकुलपति प्रा.डा. अच्युत वाग्लेका अनुसार स्कूल अफ आर्टस्, एजुकेशन, इन्जिनियरिङ, ल, मेनेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स गरी सात स्कुलबाट विद्यार्थी दीक्षित भएका हुन्।
दीक्षितमध्ये ७ जना पीएचडीरडीएमरएमसीएच, ३९७ जना स्नातकोत्तर, ५० जना पीजीडी र १,७२८ जना स्नातक तहका छन्। सहभागीमध्ये १७ देशका १९६ जना विदेशी विद्यार्थी रहेको केयूले जनाएको छ।
स्नातकोत्तर तहमा स्पेनकी माइते कयास्टिलानो मेन्चासाले चान्सलर स्वर्णपदक, एमबिबिएसका गौरव सिंह साउदले भाइस–चान्सलर स्वर्णपदक र एमबिएका अरुणा बुढाथोकी तथा सौगात दंगालले स्वर्णपदकहरू प्राप्त गरे।
कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीले उच्च शिक्षामा राजनीतिकरण अन्त्य गरी प्राज्ञिक व्यक्तिलाई कुलपति बनाउने दिशा गरिरहेको बताइन्।
सम्बन्धित समाचार
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
आज देशभर मनसुनी वायुको प्रभाव कायमै रहने
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
शाओमी नेपालद्वारा बाढीपीडितलाई अत्यावश्यक घरायसी सामग्री सहयोग
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

