काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को ३१ औँ दीक्षान्त समारोहमा विभिन्न तहका गरी २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित भएका छन्। उपकुलपति प्रा.डा. अच्युत वाग्लेका अनुसार स्कूल अफ आर्टस्, एजुकेशन, इन्जिनियरिङ, ल, मेनेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स गरी सात स्कुलबाट विद्यार्थी दीक्षित भएका हुन्।
दीक्षितमध्ये ७ जना पीएचडीरडीएमरएमसीएच, ३९७ जना स्नातकोत्तर, ५० जना पीजीडी र १,७२८ जना स्नातक तहका छन्। सहभागीमध्ये १७ देशका १९६ जना विदेशी विद्यार्थी रहेको केयूले जनाएको छ।
स्नातकोत्तर तहमा स्पेनकी माइते कयास्टिलानो मेन्चासाले चान्सलर स्वर्णपदक, एमबिबिएसका गौरव सिंह साउदले भाइस–चान्सलर स्वर्णपदक र एमबिएका अरुणा बुढाथोकी तथा सौगात दंगालले स्वर्णपदकहरू प्राप्त गरे।
कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीले उच्च शिक्षामा राजनीतिकरण अन्त्य गरी प्राज्ञिक व्यक्तिलाई कुलपति बनाउने दिशा गरिरहेको बताइन्।




