• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ असार २०८३, आइतबार
१४ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
  • १२ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १२ घण्टा 

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
  • १३ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १४ घण्टा 

२०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १४ घण्टा 

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी
  • १ दिन 

एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै
  • १ दिन 

सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • २. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

  • ३. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • ४. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

  • ५. रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित

  • ६. कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

  • ७. फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

  • ८. नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

  • ९. २०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति

स्कोडा कायलाकको उपलब्धि लन्च भएको ८ महिनामै ३०,००० बिक्री

जानकारी केन्द्र २०८२, मंसिर, २७

काठमाडौँ । स्कोडा इन्डियाले २०२४ को डिसेम्बरमा सार्वजनिक गरेको आफ्नो नयाँ इन्ट्री–लेभल एसयूभी स्कोडा कायलाक मार्फत् ३०,००० युनिट बिक्रीको आँकडा पार गरेर उल्लेखनीय उपलब्धि हासिल गरेको बताइएको छ।

कम्पनीका अनुसार, यो एसयुभीले २०२५ जनवरीदेखि अगस्टसम्म ३०,१९० युनिट होलसेल बिक्री गर्दै ३० हजार थान बिक्रीको आँकडा पार गरेर बलियो ग्राहक स्वीकार्यता हासिल गरेको हो। यो तथ्यांकले भारतीय ग्राहकबीच स्कोडाप्रति बढिरहेको भरोसा र ब्रान्डको गुणस्तर, विश्वसनीयता र प्रदर्शनप्रतिको प्रतिबद्धता स्पष्ट रूपमा देखाएको जनाइएकोछ।

स्कोडा कायलाक हाल स्कोडा इन्डियाको सबैभन्दा महत्वपूर्ण मोडेलमध्ये एक बनिसकेको छ, जसले ब्रान्डको कुल बिक्रीमा ६५ प्रतिशत हिस्सा समेट्छ। यस सफलताले भारतमा कम्प्याक्ट र सब–कम्प्याक्ट एसयूभीप्रतिको माग तीव्र रूपमा बढिरहेको देखाउँछ भने स्कोडाले ग्राहकहरूको शैली, प्रदर्शन र उपयोगीतामाथिको अपेक्षा सफलतापूर्वक पूरा गरिरहेको संकेत गर्दछ। आधुनिक डिजाइन, भरपर्दो प्रदर्शन र मूल्यअनुसारको आकर्षक प्याकेजका कारण कायलाक देशभरका ग्राहकहरूको रोजाईमा परेको कम्पनीले बताएको छ।

स्कोडा कायलाकमा १.०–लिटर टर्बो पेट्रोल इञ्जिन प्रयोग गरिएको छ, जसले ६–स्पीड म्यानुअल वा अटोमेटिक गियरबक्ससँग मिलेर काम गर्छ। यसले ११४ एचपी पावर र १७८ एनएम टर्क प्रदान गर्छ, जसले शहरी एवम् लामो दुरी दुवै ड्राइभमा सहज, शक्तिशाली र आरामदायक अनुभव दिन्छ। प्रदर्शन र माइलेजको सन्तुलन किलाकको मुख्य आकर्षण रहेको जनाइएको छ।

भारतीय बजारमा क्लासिक, सिग्नेचर, सिग्नेचर प्लस र प्रेस्टिज गरी कायलाकका सुविचारित ढंगले डिजाइन गरिएका चार मुख्य भेरियन्टहरू उपलब्ध छन्। प्रत्येक भेरियन्टमा ग्राहकका फरक फरक आवश्यकताहरू पूरा गर्ने गरी विशेषता, आराम, सुरक्षा र सुविधाहरू समेटिएका छन्। साथै, यो एसयुभी ७ आकर्षक रंगहरू ओलिभ गोल्ड, लाभा ब्लू, टोर्नेडो रेड, कार्बन स्टिल, ब्रिलियन्ट सिल्भर, क्यान्डी व्हाइट र डीप पर्ल ब्ल्याकमा उपलब्ध छ, जसले ग्राहकलाई आफ्नो स्टायललाई सुहाउने रङ्ग छनोट गर्न मद्दत गर्छ।

कम्पनीका अनुसार, कायलाकले सकारात्मक प्रतिक्रिया पाउनुको कारण स्कोडाको इनोभेसन, गुणस्तर र ग्राहक सन्तुष्टिप्रतिको निरन्तरको प्रतिबद्धता हो। उन्नत इन्जिनियरिङ, आधुनिक डिजाइन र किफायती मूल्यको संयोजन मार्फत स्कोडाले भारतीय अटो बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको जनाइएको छ।

कायलाकको सफलतासँगै स्कोडा इन्डिया भविष्यमा पनि भारतीय ग्राहकको बदलिँदो आवश्यकता पूरा गर्न र ब्राण्डको उत्कृष्टता एवम् विश्वसनीयतामा आधारित छविलाई अझ सुदृढ बनाउन प्रतिबद्ध रहेको बताइएको छ। यस गतिलाई कायम राख्दै ब्रान्डले कारप्रेमीहरूका लागि आगामी दिनमा अझ धेरै भरोसा, आत्मविश्वास र गर्व गर्न लायक मोडेलहरू बजारमा ल्याउने संकेत दिएको कम्पनीले बताएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी
५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

ताजा

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.