Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

राष्ट्र बैंकले उपदान तथा पेन्सन र कर्मचारी सुरक्षण कोषका ७ अर्ब ६० करोड रुपैयाँ बैंकहरूमा लगानी गर्ने

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, मंसिर, २८
राष्ट्र बैंकले उपदान तथा पेन्सन र कर्मचारी सुरक्षण कोषका ७ अर्ब ६० करोड रुपैयाँ बैंकहरूमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले सूचना प्रकाशित गर्दै लगानीका लागि इच्छुक बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरी आवेदन पेस गर्न आग्रह गरेको छ। एक वर्षका लागि लगानी गर्न लागिएको उक्त रकमका लागि मङ्सिर २९ गतेभित्र ब्याजदर प्रस्ताव गर्न भनिएको छ।

सूचनाअनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ५ अर्ब २८ करोड, ‘ख’ वर्गका विकास बैंकमा ९९ करोड र ‘ग’ वर्गका वित्त कम्पनीमा ३३ करोड रुपैयाँ बराबरको रकम लगानी गरिनेछ।

लगानीका लागि आवेदन दिने बैंक तथा वित्तीय संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा आएको हुनुपर्ने, तोकिएको न्यूनतम कुल कर्जा–पूँजी कोष अनुपात कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ८ प्रतिशतभन्दा बढी नभएको तथा खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने शर्त राखिएको छ।

यसैगरी राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब रुपैयाँ बराबरको रकम पनि बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। एक वर्षका लागि लगानी गर्न लागिएको उक्त रकमका लागि ब्याजदरसहित प्रस्ताव पेस गर्न केन्द्रीय बैंकले आग्रह गरेको छ।

सूचनाअनुसार कर्मचारी सुरक्षण कोषको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा ८० करोड, ‘ख’ वर्गका विकास बैंकमा १५ करोड र ‘ग’ वर्गका वित्त कम्पनीमा ५ करोड रुपैयाँ लगानी गरिनेछ। यसका लागि मङ्सिर २८ गतेभित्र आवश्यक कागजात तथा विवरणसहित निवेदन पेस गर्न केन्द्रीय बैंकले आग्रह गरेको छ।

Top Changing Nepal

युट्युब सट्स