काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । पछिल्लो तीन दिन यता सुन हालसम्मकै उच्च मूल्यमा कायम भइरहेको छ । चाँदीको मूल्यले पनि दिन प्रतिदिन नयाँ रेकर्ड बनाइरहेको छ ।
आज सुन तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मङ्गलबार सुन तोलाको २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा एकैदिन १ सय ६५ रुपैयाँले बढेर प्रतितोला चार हजार ४ सय २० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । अघिल्लो दिन मङ्गलबार चाँदीको मूल्य तोलाको ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।




