रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले निष्कासन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आज आवेदन दिने अन्तिम दिन रहेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पुस १७ गतेसम्म आवेदन दिन सक्नेछन् भने आयोजना प्रभावितले पुस २८ गतेसम्म आवेदन दिन पाउनेछन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २६ लाख ७ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये ११ लाख ८५ हजार कित्ता आयोजना प्रभावितका लागि र १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेकाहरूका लागि छुट्याइएको छ ।
आईपीओ निष्कासनका लागि केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । आईपीओ निष्कासन तथा बाँडफाँडको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । पहिलो चरणको बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


