सालापा विकास बैंकको आईपीओ बाँडफाँड आज, १ लाख ४३ हजारले पाए सेयर
काठमाडौं । सालापा विकास बैंकले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओको बाँडफाँड आज हुँदैछ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सालापा विकास बैंकको आइपीओ आज बाँडफाँड गर्ने जानकारी दिएको हो ।
पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको उक्त आईपीओमा कुल १९.३७ गुणा आवेदन परेको छ । आईपीओमा २३ लाख ८३ हजार ४०७ जना आवेदकबाट २ करोड ७८ लाख ८४ हजार ४७० कित्ताका लागि आवेदन प्राप्त भएको हो ।
बाँडफाँड प्रक्रियाअनुसार १ लाख ४३ हजार १७० जना आवेदकले जनही १० कित्ताका दरले कुल १४ लाख ३९ हजार १७९ कित्ता सेयर प्राप्त गर्नेछन् ।
बैंकको जारी पूँजी ५२ करोड २३ लाख रुपैयाँ रहेको छ । यसमध्ये ३३ प्रतिशत अर्थात १७ लाख २३ हजार ८८० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो । सोमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई पहिले नै बाँडफाँड गरिएको छ ।
त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ०.५० प्रतिशत अर्थात २६ हजार ११९ कित्ता सेयर बैंकका कर्मचारीहरूका लागि तथा ५ प्रतिशत अर्थात ८६ हजार १९४ कित्ता सेयर म्युचुअल फन्डहरूका लागि छुट्याइएको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको विकास बैंक सालापा विकास बैंक लिमिटेड खोटाङ जिल्लामा आधारित एक जिल्ला स्तरीय बैंक हो । बैंकको मुख्य कार्यालयसहित ६ वटा शाखा सञ्चालनमा रहेका छन् ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


