• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
  • ८ घण्टा 

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador
  • ८ घण्टा 

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ९ घण्टा 

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
  • ११ घण्टा 

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • ११ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • १३ घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • १४ घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • १५ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ देखि खुला , सर्वसाधारणका लागि कति ?

  • २. सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४x४’ सार्वजनिक

  • ३. इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

  • ४. एलजीको नयाँ वर्ष अभियान “डिजाइन योर ड्रीम होम” सार्वजनिक: ४१ प्रतिशतसम्म छुट साथै पक्का उपहारहरु

  • ५. फोटोन ईभी टोटल केयर क्याम्पः देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सर्भिसको उपलब्धता

  • ६. अप्रिल महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ७. नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु

  • ८. चर्को घाममा छालालाइ यसरी सुरक्षित राख्न सकिन्छ

  • ९. आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने

  • १०. आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

पोल्याण्डद्वारा लोकमान्य गोल्छालाई ‘अर्डर अफ मेरिट’ को अफिसर क्रस प्रदान

जानकारी केन्द्र २०८२, माघ, १७

काठमाडौं । भारतका लागि पोल्याण्ड गणतन्त्रका कार्यवाहक राजदूत महामहिम डा. पियोटर आन्तोनी श्विताल्स्कीले काठमाडौंस्थित हायात सेन्ट्रिक सोल्टीमोड होटलमा आयोजित एक औपचारिक समारोहका अवसरमा मानार्थ वाणिज्यदूत जनरल लोकमान्य गोल्छालाई पोल्याण्ड गणतन्त्रको ‘अर्डर अफ मेरिट’ को अफिसर क्रस प्रदान गरिएको बताइएको छ ।

पोल्याण्ड गणतन्त्रको नेपालमा स्थायी दूतावास नरहेकाले नेपालका लागि कूटनीतिक प्रतिनिधित्व तथा वाणिज्यदूत सेवाहरू भारतको नयाँ दिल्लीस्थित पोल्याण्ड दूतावासमार्फत सञ्चालन हुँदै आएको छ। यस हैसियतमा उक्त दूतावासले नेपालमा रहेका पोलिश नागरिकहरूलाई आवश्यक सहयोग प्रदान गर्नुका साथै नेपाल–पोल्याण्डबीचको सहकार्य र आपसी सम्बन्ध प्रवर्द्धन गर्दै आएको जनाइएको छ।

यो सम्मान पोल्याण्डले विदेशी नागरिकलाई प्रदान गर्ने उच्चतम नागरिक सम्मानहरूमध्ये एक हो। विशिष्ट अतिथि तथा कूटनीतिक समुदायका सदस्यहरूको उपस्थितिमा सम्पन्न उक्त समारोहमा पोल्याण्ड गणतन्त्रको अर्डर अफ मेरिट पोल्याण्ड राज्यप्रति असाधारण सेवा पुर्याएका तथा अन्तर्राष्ट्रिय सहकार्य र आपसी समझदारीलाई उल्लेखनीय रूपमा सुदृढ बनाएका व्यक्तिहरूलाई प्रदान गरिने सम्मान भएको उल्लेख गरिएको थियो।

यसअघि सन् २०१५ मा, नेपालमा आएको विनाशकारी भूकम्पका समयमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप पोल्याण्ड गणतन्त्रका राष्ट्रपति महामहिम आन्द्रेज दुदाद्वारा लोकमान्य गोल्छालाई नाइट्स क्रस अफ द अर्डर अफ मेरिट प्रदान गरिएको थियो।

हाल प्रदान गरिएको अफिसर क्रस अफ द अर्डर अफ मेरिट गोल्छाले कोभिड–१९ महामारीको कठिन समयमा देखाउनुभएको उत्कृष्ट नेतृत्व, साथै वर्षौंदेखि नेपालमा रहेका पोलिश नागरिकहरूलाई निरन्तर रूपमा प्रदान गर्दै आएको सहयोग, सहकार्य र सेवाको उच्च मूल्याङ्कनस्वरूप प्रदान गरिएको हो।

आफ्नो सम्बोधनमा महामहिम डा. श्विताल्स्कीले गोल्छाको दीर्घकालीन प्रतिबद्धता, नेपाल–पोल्याण्डबीचको सहकार्य प्रवर्द्धनमा पुर्याएको योगदान तथा जनस्तरको सम्बन्ध सुदृढ गर्न खेलेको भूमिकाको उच्च प्रशंसा गरे। उनले यस्ता प्रयासहरूले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप गहिरो बनाएको उल्लेख गरेका छन्।

सम्मान ग्रहण गर्दै गोल्छाले यो सम्मानलाई नेपाल र पोल्याण्डबीचको साझा मूल्य, आपसी सम्मान तथा दीर्घकालीन मित्रताको प्रतीकका रूपमा व्याख्या गरे। यो विशिष्ट सम्मान मानवीय सेवा, निरन्तर प्रतिबद्धता तथा नेपाल–पोल्याण्ड सम्बन्धको सुदृढीकरणको महत्वपूर्ण प्रतीकका रूपमा रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

ताजा

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.