मौसममा परिवर्तनको संकेत,पहाड–हिमालमा बदली र हिमपातको सम्भावना
काठमाडौँ । नेपालको मौसम प्रणालिमा क्रमिक रुपमा परिवर्तन देखिन थालेसगै हाल देशमा पश्चिमतर्फबाट प्रवेश गरको वायू प्रणालिको आंशिक प्रभाव परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस कारण केहि क्षेत्रमा बदली र चिसो बढेको छ ।
सुदूरपञ्चिम प्रदेशका तराई क्षेत्रका केहि स्थानमा हुस्सु तथा कुहिरो देखिएको छ भने कोशी ,बागमती, गण्डकी र लुम्बिनी प्रदेशसँगै कर्णाली तथा सुदुरपञ्चिमका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ । त्यस्तै, अन्य क्षेत्रमा भने मौसम सामान्यतया खुला रहेको विभागले जनाएको छ ।
दिउँसोको समयमा तराईका केहि भू–भागमा कुहिरो यथावत् रहन सक्ने अनुमान गरिएको छ । अन्य हिमाली क्षेत्रहरुमा आंशिक बदली देखिनेछ भने कणार्ली र सुदूरपञ्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का बदली रहने सम्भावना रहेको छ । बाकीँ क्षेत्रमा मौसम खुला नै रहने देखिन्छ ।
कर्णाली र सुदूरपञ्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा सीमित स्थानमा हल्का हिमपातसगैँ आशिंक वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजको मौसम पुर्वानुमान
मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्यो विशेष सर्च गाइड
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

