काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ( नेप्से ) सूचक सोमबार ८.१६ अंकले घटेर २६६२.९१ बिन्दुमा झरेको छ। आज ३३५ कम्पनीका १ करोड ९६ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा कुल ७ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारका क्रममा अधिकांश उपसूचक ओरालो लागेका छन्। विकास बैंक, वाणिज्य बैंक, हाइड्रोपावर र इन्भेष्टमेन्ट समूहका सूचक घटेका हुन्। दिनभरको कारोबारमा ८६ कम्पनीको शेयर मूल्य बढ्दा १६३ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ।

