परिचयपत्र हरायो ? यी सरकारी कागजातले पनि गर्न सकिन्छ मतदान
काठमाडौँ । निर्वाचन आयोगले मतदान प्रक्रियालाई सजिलो बनाउन परिचयपत्र सम्बन्धी व्यवस्था मिलाएको छ । आयोगका अनुसार मतदान गर्न जादाँ मतदाता परिचयपत्रलाई नै अनिवार्य आवश्यक रुपमा नलिई वैकल्पिक रुपमा अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।
मतदानका दिन मतदाता परिचयपत्र नभएको अवस्थामा पनि नेपाली नागरिकताको प्रमाणपत्र,राष्ट्रिय परिचयपत्र,राहदानी,सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्रमध्ये कुनै एक सक्कल कागजात देखाएर मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै गरी यस्ता कागजात लिएर मतदान गर्न जाने मतदाताको नाम भने अन्तिम मतदाता नामावलीमा समावेश हुनुपर्ने आयोगले स्पष्ट पारेको छ । नामावलीमा नाम रहेका मतदाताले सम्बन्धित मतदान केन्द्रमा गएर आफ्नो पहिचान खुल्ने सक्कल सरकारी कागजात देखाएपछि मतदान गर्न पाउनेछन् । यस व्यवस्थाले मतदातालाई मतदान प्रक्रियामा सहभागी हुन थप सहजता प्रदान गर्ने विश्वास आयोगले व्यक्त्त गरेको छ।
सम्बन्धित समाचार
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
