स्वास्थ्य जीवनका लागि सहि तरिकाले कसरी सुत्ने,यस्तो छ तरीका
काठमाडौं । व्यस्त जीवनशैली, बढ्दो डिजिटल डिभाईस प्रयोग र अनियमित दैनिकिका कारण हामी धेरै पर्याप्त निन्द्राको समस्याबाट पिडित भईरहेका हुनसक्छौँ । चिकित्सकहरुका अनुसार पर्याप्त र उचित निन्द्रा स्वस्थ शरीर र मानसिक सन्तुलनका लागि अनिवार्य मानिएको छ। उचित तरिकाले सुत्ने बानी अपनाउन सकेको अवस्थामा कम थकान हुनका साथै दैनिक काम गर्ने क्षमता र स्मरण शक्ति समेत बढ्ने बताइएको छ ।
चिकित्सकहरुका अनुसार प्रत्येक दिन सुत्ने समय एउटै र प्रत्येक दिन एउटै समयमा उठ्ने बानीले शरीरलाई सन्तुलनमा राख्ने बताईन्छ। निदाउनुभन्दा अगाडि टिभी,मोबाइल,ल्यापटप जस्ता डिजिटल डिभाइसको प्रयोग कम गर्न सुझाव दिईएको पाइन्छ भने सुत्नेकोठा अँध्यारो, सफा र शान्त हुनका साथै सहज तापक्रम हुनुपर्ने बताइन्छ ।
यस्तै उचित निन्द्राको लागि अपनाउनुपर्ने अन्य तरिकाहरुमा सुत्नुअघि धेरै भारी खाना नखाने, कफि चिया नखाने जस्ता सुझाव दिइएको पाइन्छ । आरामको अवस्थामा पुग्नको लागि ध्यान वा गहिरो श्वास फेर्ने, अभ्यास गर्ने र हल्का खाना खान विज्ञहरुले सुझाव दिएका छन्। यस्तै गरेर आफु सुत्ने ओछ्यानलाई सुत्नको लागि मात्र प्रयोग गरियो भने पनि छिटो निन्द्रा लाग्न सहयोग पुग्ने बताइएको छ।
चिकित्सकहरुका अनुसार उचित निन्द्राले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै मानसिक तनाव कम गर्न मद्धत पुग्छ। स्वास्थ्य जीवन र सहज दैनिकिका लागि उचित तरिकाले सुत्ने बानीलाई निरन्तरता दिनसके जीवनका धेरै कुराहरुमा मद्धत पुग्ने बताइन्छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
