काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा ह्वातै गिरावट आएको छ । मंगलबार प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकैदिन ११ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला २ सय ७५रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।


