Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

मतदान गर्न बढीमा तीन मिनेट, पैसट्ठी प्रतिशत मत खस्छ

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
मतदान गर्न बढीमा तीन मिनेट, पैसट्ठी प्रतिशत मत खस्छ

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्यका लागि विहानदेखि जारी मतदानमा ६५ प्रतिशत भन्दा बढी मत खस्ने दाबी गरेका छन् ।

अहिले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताउदै उनले ७७ वटै जिल्लाका आममतदाताको उत्साहजनक सहभागिता रहेको र मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने दाबी गरे । “बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रुपमा मतदान सुरु भएको छ । मतपत्र पाएपछि एकदेखि तीन मिनेट भित्र मतदान भइरहेको छ ।”

उनले सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक र शान्तिपूर्ण मतदानमा सहयोग गर्न आह्वान गर्दै मतदान सम्पन्न भए लगतै मतपेटिका सङ्कलनपछि मतगणना गरिने जनाए ।

Top Changing Nepal

युट्युब सट्स