काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।
विजयी हुने क्रममा दैलेख क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल १३,८८९ मतका साथ विजयी भएका छन्।
उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार दिक्पालकुमार शाही ९,५५२ मत प्राप्त गरेका छन् भने ६,७९७ मत सहित तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी बखतबहादुर शाही रहेका छन्।


