काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ ।
विजयी हुने क्रममा ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाकी उम्मेदवार तोसीमा कार्की ४३,०९६ मतका साथ विजयी भएकी छिन्।
उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार जीतेन्द्रकुमार श्रेष्ठले ९,०४५ मत प्राप्त गरेका छन् भने ६,०२२ मत सहित तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जन रहेका छन्।


