विद्युतीय कमर्सियल सवारीका लागि ससीला मोटर्स र ओम्नी (काबरा) ग्रुपबिच सहकार्य
काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र चेरी वान्डा बसको नेपालमा बिक्री–वितरणका लागि ससीला मोटर्स र ओम्नी (काबरा) ग्रुपबिच सहकार्य भएको बताइएको छ। दुई कम्पनीबच भएको सम्झौताअनुसार अब ओम्नी (काबरा) ग्रुपले यी सवारीसाधन नेपालभर आधिकारिक रूपमा बिक्री–वितरण गर्ने जनाइएको छ।
सम्झौतापछि ओम्नी (काबरा) ग्रुपले ससीला मोटर्स प्रा.लि. सँगको सहकार्यमा किटोन भ्यान र चेरी वान्डा बस देशभर बिक्री गर्ने बताइएको छ। नेपालका अटोमोबाइल क्षेत्रमा स्थापित दुई कम्पनीबीचको यो सहकार्यलाई विद्युतीय कमर्सियल सवारीसाधनको बजार विस्तारका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको जनाइएको छ।
व्यवसायिक सवारीसाधनको बिक्री–वितरणमा विशेष पहिचान बनाएको ससीला मोटर्स प्रा.लि. विद्युतीय कमर्सियल सवारीसाधनको क्षेत्रमा अग्रणी कम्पनीका रूपमा चिनिन्छ। त्यस्तै ओम्नी (काबरा) ग्रुप पनि व्यवसायिक सवारीसाधनको बिक्री–वितरणमा करिब ३५ वर्षदेखि सक्रिय रहँदै आएको कम्पनी हो। यी दुई संस्थाबीचको सहकार्यले नेपाली अटोबजारमा विद्युतीय सवारीको पहुँच थप विस्तार हुने अपेक्षा गरिएको बताइको छ।
ससीला मोटर्स प्रा.लि. का प्रबन्ध निर्देशक सन्तोष खतिवडाले नेपालमा विद्युतीय व्यवसायिक सवारीसाधनको प्रवर्द्धन र विस्तारका लागि यो साझेदारी महत्वपूर्ण हुने बताए। उनका अनुसार यस सहकार्यले विद्युतीय सवारीसाधनको प्रयोग बढ्ने, देशव्यापी पहुँच विस्तार हुने तथा ग्राहकलाई विश्वसनीय सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ।
ओम्नी (काबरा) ग्रुपका निर्देशक उदयन काबराले ससीला मोटर्ससँगको सहकार्यबाट बजारको आवश्यकता अनुरूप प्रभावकारी, भरपर्दो र दिगो व्यवसायिक सेवा प्रदान गर्ने बताएका छन्। उनले देशभर आफ्नो नेटवर्क विस्तार गर्दै बिक्रीसँगै सर्भिस तथा अन्य सेवासुविधालाई समेत चुस्त र विश्वसनीय बनाइने जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई राहत प्याकेज, नाडाद्वारा स्वागत
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

