चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज
काठमाडौं । एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेर नेपालकै सबैभन्दा ठूलो मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्ने तयारी गरेको छ । आगामी १२ चैतदेखि १४ चैतसम्म देशैभरि आयोजना हुने मेगा एक्सचेन्ज कार्निभल डिजाइन र प्रविधिमा अब्बल इभीमा अपग्रेड हुने सबैभन्दा उत्तम समय हुने बताइएको छ ।
मेगा एक्सचेन्जमा ग्राहकले प्रत्यक्ष नगद बचत, पुराना गाडीहरुको उच्चतम मूल्यांकन, उत्कृष्ट एक्सचेन्ज बोनस, निःशुल्क बिमा तथा चार्जर प्याकेज र नेपालकै सबैभन्दा लामो एक्सटेन्डेड वारेन्टी जस्ता सुविधा प्राप्त गर्नेछन् ।
नेपालमा दिगो यातायाततर्फको रुपान्तरण तीव्र बन्दै गइरहेको अवस्थामा एमएडब्लु वृद्धि नविन तथा ग्राहक केन्द्रित पहलमार्फत इभीको स्वामित्वलाई सहज बनाउन प्रतिबद्ध रहेको जनाइएको छ । बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना तथा आकर्षक एक्सचेन्ज सुविधाका कारण यो कार्निभल इभीमा अपग्रेड गर्ने सबैभन्दा उपयुक्त अवसर बनेको कम्पनीको दाबी छ ।
काठमाडौं उपत्यकामा यो कार्यक्रम ग्राहकको सहजताका लागि गैरीधारास्थित सिल्भरओक बैंक्वेट, ललितपुर पुल्चोकस्थित संस्कार फाइन एन्ड डाइन र भक्तपुर राधेराधेस्थित हेरिटेज प्लायलेसमा आयोजना गरिनेछ । उपत्यकाबाहिर भने यो कार्यक्रम दिपल, नामी तथा सेरेसका सम्बन्धित सोरुमहरुमा आयोजना हुनेछ जसले देशभरका ग्राहकलाई यो अभुतपूर्व अवसरको फाइदा उठाउन सहज बनाउनेछ ।
यी आकर्षक अफरहरुका अतिरिक्त कार्यक्रमा रोबोटिक सो, किड्स जोन, विभिन्न खेल तथा खानाको स्टलहरु जस्ता मनोरञ्जनात्मक गतिविधिहरु पनि समावेश गरिनेछ जसले सम्पूर्ण परिवारका लागि रमाइलो र अन्तरक्रियात्मक अनुभव प्रदान गर्ने बताइएको छ ।
सम्बन्धित समाचार
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


