देशभर मौसम बिग्रँदैै : तीव्र हावाहुरी र वर्षाको चेतावनी , सतर्क रहन आग्रह
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म देशका विभिन्न भागमा मेघगर्जन, चट्याङसहित वर्षा र तीव्र हावाहुरीको सम्भावना रहेको बताइएको छ। विशेषगरी लुम्बिनी र कोशी प्रदेशमा हावाहुरीको जोखिम उच्च रहने मौसमविद्हरूले चेतावनी दिएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान ६ बजे जारी सूचनामा हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको जनाइएको छ। केही स्थानमा हल्का वर्षा र हिमपातसमेत भइरहेको छ।
शुक्रबार दिउँसोपछि सुदूरपश्चिम र कर्णालीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै, दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा शनिबार कोशी प्रदेशका विराटनगर, धरान र धनकुटा आसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना छ। हावाहुरीको गति झन्डै ११९ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने प्रक्षेपण गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, साथै विद्युत् र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम रहेको छ। आवश्यक कामबाहेक बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न र मौसमसम्बन्धी अद्यावधिक जानकारीमा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरिएको छ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


