• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० बैशाख २०८३, बुधबार
३० बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ ०१ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ६ घण्टा 

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक
  • ८ घण्टा 

डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित
  • ९ घण्टा 

कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान
  • १० घण्टा 

बानेश्वर र सीतापाइलामा हिरोको नयाँ शोरुम उद्घाटन
  • ११ घण्टा 

नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने
  • ११ घण्टा 

एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल
  • १२ घण्टा 

क्रसर व्यवसायीद्वारा नीति तथा कार्यक्रमप्रति क्रसर व्यवसायीको स्वागत, नवीकरण समस्या समाधान र स्पष्ट कानुनको माग
  • १२ घण्टा 

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसम पुर्वानुमान

  • २. अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा

  • ३. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • ४. एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो

  • १०. नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह

महिन्द्राले ल्यायो नेपालमै पहिलो पटक २-टन भार क्षमता भएको बोलेरो म्याक्स पिक-अप

जानकारी केन्द्र २०८२, चैत्र, ७

काठमाडौँ। पिक-अप सेगमेन्टमा विश्वव्यापी रूपमा स्थापित महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पिक-अप पोर्टफोलियोलाई थप मजबुत बनाउँदै नेपालमा‘महिन्द्रा बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक गरेको बताएको छ ।

महिन्द्राको पिक-अप तथा कमर्सियल युटिलिटि गाडीहरूको नेपालमा आधिकारिक वितरक,अग्नि ग्रुपअन्तर्गत अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडद्वारा नेपालकै पहिलो र एकमात्र २-टन भार क्षमता भएको पिक-अप‘महिन्द्रा बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक गरिएको जनाइएको छ। बिहिबार काठमाडौँको गैरीधारास्थित महिन्द्राको सोरुममा विशेष आधिकारिक सार्वजनिकिकरण समारोह मार्फत नयाँ पिक-अप सार्वजनिक गरिएको बताइएको छ।

कम्पनीका अनुसार समारोहमा महिन्द्रा एन्ड महिन्द्रा तथा अग्नि ग्रुपका विशेष प्रतिनिधिहरू,सञ्चार प्रतिनिधिहरू तथा ग्राहकवर्गहरूको उपस्थिति रहेको थियो। काठमाडौँ सँगै विरगञ्ज, बुटवल, र जनकपुरमा पनि बिहिबार नै सार्वजनिक गरिएको छ। साथै, भैरहवा, चितवन, हेटौँडा, विराटनगर, दमक, गाईघाट, पोखरा, धनगढी, दाङ, नेपालगञ्ज, सुर्खेत, बिर्तामोड आदि नेपालका मुख्य व्यापारिक सहरहरूमा पनि लगत्तै गाडी सार्वजनिक गरिने योजना रहेको जनाइएको छ ।

भार क्षमता (पेलोड),इन्धन इफिसियन्सि,सुरक्षा र समग्र ड्राइभिङ अनुभवमा नयाँ मापदण्ड कायम गर्दै,बोलेरो म्याक्स पिक-अपले नेपाली बजारको सब-२-कमर्सियल गाडीको सेगमेन्टमा महिन्द्राको नेतृत्वदायी स्थानलाई अझ सुदृढ गर्ने विश्वास लिएको बताइएको छ ।

महिन्द्राले नेपाली ग्राहकहरूका लागि दुई हेभी-ड्युटी भेरियन्टहरू इचडि १.७ एल एक्स र एचडि २.० एल एस एक्स आई उपलब्ध गराउ साथै यी भेरियन्टहरू सामान्य ढुवानीदेखि इन्टरसिटि ढुवानीका लागि उपयुक्त रहेको जनाएको छ । नेपालको उबडखाबड र पहाडी सडकहरूमा यात्रा गर्नका लागि यी गाडीहरू ‘साना कमर्सियल गाडी’को सेगमेन्टमा उत्कृष्ट रोजाइ रहेका छन् ।

नेपालमा ग्राहकहरूको लागि इचडि १.७ एल एक्स भेरियन्टको विशेष लन्जिङ मूल्य रू. २९ लाख ९५ हजार (२९,९५,०००) बाट सुरु हुन्छ भने एचडि २.० एल एस एक्स आइको मूल्य रू. ३२ लाख ९५ हजार (३२,९५,०००) बाट सुरु हुन्छ । दुवै भेरियन्टहरू महिन्द्राका लागि नेपालको आधिकारिक वितरक अग्नि ग्रुपका डिलरसिपहरू मार्फत बिक्री गरिने जनाइएको छ ।

महिन्द्रा एन्ड महिन्द्राका इन्टरनेसनल अपरेसन्स प्रमुख सचिन अरोल्करका अनुसार “बोलेरो म्याक्सले एक उच्चस्तरको सक्षम, भरपर्दो, सुरक्षित, कार्यकुशल र बहुउपयोगी पिक-अपको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ । यी गुणहरूसहित कम सञ्चालन खर्चका कारण यो पिक-अप चालक तथा व्यवसायीहरूका बीच लोकप्रिय गाडी रहेको छ । युटिलिटिसँगै सुरक्षा र आरामलाई समेत विशेष ध्यान दिएर डिजाइन गरिएको यस गाडीले साना कमर्सियल गाडीको बजारमा नयाँ आयाम थपेको छ । यो पिक-अप नेपालको बढ्दो लजिस्टिक्स आवश्यकताका लागि निकै उपयुक्त पिक-अप रहेको छ र हामी विश्वस्त छौँ कि यसले नेपाली बजारमा महिन्द्राको अग्रस्थान कायम राख्नेछ ।”

अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठका अनुसार “नेपालमा बोलेरो म्याक्स पिक-अप सार्वजनिक गरिरहँदा हामी निकै उत्साहित छौँ । यसको विशेषताहरूको कारण यो पिक-अप भारतीय बजारमा अत्यधिक लोकप्रिय भइसकेकै छ । यसको मजबुती र बहुआयामिक क्षमता नेपाल जस्तो भौगोलिक रूपमा विविधताले भरिएका सडकहरूका लागि झनै उपयोगी हुनेछ । र यसले नेपालको साना कमर्सियल गाडी (‘एस-सि-भि’) सेगमेन्टमा नयाँ मापदण्ड थप्नेछ भन्ने विश्वास हामी राख्दछौँ ।”

बोलेरो म्याक्स पिक-अपले नेपाली पिक-अप सेगमेन्टमा एउटा नयाँ आयाम थप्ने विश्वास लिएको बताएको छ। बोलेरो म्याक्स पूर्ण रूपमा नयाँ प्लेटफर्ममा निर्माण गरिएको पिक-अप हो। यद्यपि यसले बोलेरोको डिएनएसँग जोडिएका मुख्य विशेषताहरू जस्तै मजबुती,विश्वसनीयता,कम मेन्टेनेन्स खर्च र उच्च रिसेल भ्यालुलाई आत्मसात गर्नुका साथै यसले सरल र सदाबहार देखिने बोलेरोको डिजाइनलाई पनि कायम राखेको कम्पनीको दाबी रहेको छ।

डिजेल र सिएनजि दुवै विकल्पमा उपलब्ध रहेको यो पिक-अपमा महिन्द्राको अत्याधुनिक एमटुडिआइ इन्जिन रहेको जनाइएको छ। यसको भार क्षमता १.७ देखि २ टनसम्म रहेको छ भने कार्गोबेड (ढाला) को लम्बाई १० फिट (वा ३०५० मिमि) सम्म रहेको छ। कम्पनीका अनुसार बोलेरो म्याक्स पिक-अपले उत्कृष्ट आरामसँगै सुरक्षालाई प्राथमिकता दिन्छ। यसको फराकिलो ‘ह्विल ट्र्याक’ले गाडीलाई थप सन्तुलन प्रदान गर्छ र ह्यान्डल गर्न अझ सजिलो बनाउँदछ। यसको ‘सिङ्गल-पिस बडि साइड आउटर’ (बिएसओ) ले गाडीको संरचनालाई थप मजबुत, अडिग र दमदार बनाउँदछ भने ‘हाइ-स्ट्रेन्थ लो-एलोय’ पार्टपुर्जाहरूको प्रयोगले यसको टिकाउपन सुनिश्चित गर्ने दाबी गरिएको छ।

बालेरो म्याक्स पिकअप एचडी २.० एल

बालेरो म्याक्स पिकअप एचडी २.० एल श्रेणीमै पहिलो १० फिट (३०५० मिमि) लामो कार्गो बेड र २ टन भार क्षमता भएको पिक अप हो । मजबुत च्यासिसर बलियो बडी संचनाले भारी काममा पनि राम्रो टिकाउपन दिन्छ । यस श्रेणीमै उत्कृष्ट ७ आर १६ टायर प्रयोग गरिएको छ,जसले गाडीलाई राम्रो स्थिरता प्रदान गर्छ । निर्माण,कृषि तथा मत्स्यपालन जस्ता शेभि ड्युटि ढुवानी कार्यका लागि यो निकै उपयुक्त मानिन्छ।

बोलेरो म्याक्स अप एचडी १.७

बोलेरो म्याक्स अप एचडी १.७ फलफुल तथा तरकारी लगायत गह्रौँ सामानको इन्टरसिटी ढुवानीका लागि डिजाइन गरिएको पिकअप हो । यसमा १.७ टनसम्म भार बोक्ने क्षमता छ । १ फिट (२७६५ एमएम) लामो कार्गो बेड उपलब्ध छ,जसले सामान ओसारपसार सहज बनाउँछ । साथै,श्रेणीमै उत्कृष्ट ७ आर १५ टायरले राम्रो स्थिरताच र टिकाउपन प्रदान गर्छ ।

  • bolero max pickup
  • Mahindra
  • बोलेरो म्याक्स पिक-अप
  • महिन्द्रा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक
डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित
कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान

ताजा

२०८३ जेठ ०१ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक

डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित

कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.