• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ असार २०८३, आइतबार
०७ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने
  • ६ घण्टा 

फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत
  • ६ घण्टा 

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक
  • ८ घण्टा 

अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द
  • १० घण्टा 

धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड
  • ११ घण्टा 

सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी
  • १५ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ

  • २. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ३. लिच्ची धेरै खाँदा बढनेछ मोटोपना, बिग्रन सक्छ पाचन प्रणाली

  • ४. मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

  • ५. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ६. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

  • ७. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • ८. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

  • ९. अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन

  • १०. धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

ग्रान्ड सेन्ट्रल होटल प्रा.लि. द्वारा रमादा बाइ विन्धम इटहरी पशुपति मार्ग सञ्चालनको घोषणा

जानकारी केन्द्र २०८२, चैत्र, ७

काठमाडौँ। नेपालमा होटल विकास तथा लगानीको क्षेत्रमा क्रियाशील अग्रणी कम्पनी ग्रान्ड सेन्ट्रल होटल प्राइभेट लिमिटेडले शुक्रबारदेखि रमादा बाइ विन्धम इटहरी पशुपति मार्ग सञ्चालनमा आएको घोषणा गरेको छ। योसँगै पूर्वी नेपालको द्रुत रूपमा विकास भइरहेको व्यापारिक केन्द्र इटहरीमा अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी सेवा भित्रिएको बताइएको छ।

देश बन्धु बस्नेतको स्वामित्वमा रहेको यो होटल विन्धम होटल्स एण्ड रिसोर्ट्ससँगको सहकार्यमा विकास गरिएको जनाइएको हो। पूर्वी नेपालमा अवस्थित इटहरी एक महत्वपूर्ण ट्रान्जिट तथा व्यापारिक गन्तव्यका रूपमा स्थापित हुँदै गइरहेको सन्दर्भमा यो होटललाई त्यस क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको होटलको दाबी छ।

रमादा बाइ विन्धम इटहरी पशुपति मार्गमा ८१ वटा पूर्ण रूपमा सुसज्जित अतिथि कक्षहरू रहेका छन्, जसले व्यवसायिक तथा घुम्न आउने यात्रु दुवैका लागि आरामदायी र अत्याधुनिक सुविधा प्रदान गर्ने बताइएको छ। होटलमा दिनभर सञ्चालन हुने रेष्टुरेन्ट, बार तथा लाउञ्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्विमिङ पुल साथै बैठक, सम्मेलन तथा सामाजिक कार्यक्रमका लागि प्रशस्त स्थानसहितका ब्याङ्क्वेट हल र छुट्टै मिटिङ रुम पनि उपलब्ध रहेको जनाइको छ, जसले यस क्षेत्रमा बढिरहेका कर्पोरेट तथा सामाजिक कार्यक्रमहरूको माग पूरा गर्ने लक्ष्य राखेको छ।

ग्रान्ड सेन्ट्रल होटल प्रा. लि. का संचालक देश बन्धु बस्नेतका अनुसार, “व्यापारिक तथा ट्रान्जिट केन्द्रका रूपमा तीव्र गतिमा विकास भइरहेको इटहरीमा गुणस्तरीय एवम् विश्वसनीय होटलको माग बढिरहेको छ। विन्धमसँगको सहकार्य मार्फत हामीले यस ठाउँको अनुभवलाई अन्तर्राष्ट्रिय मापदण्डसँग जोड्दै स्वदेशी तथा विदेशी दुवैखाले यात्रुका आवश्यकता पूरा गर्ने गन्तव्य निर्माण गरेका छौं।”

विन्धम होटल्स एण्ड रिसोर्ट्सका युरेसिया क्षेत्रका मार्केट म्यानेजिङ डाइरेक्टर राहुल माकारियसका अनुसार, “इटहरीमा ग्रान्ड सेन्ट्रल होटल प्रा. लि. सँगको सहकार्यमा रमादा ब्रान्ड ल्याउन पाउँदा हामी खुशी छौं। व्यापारिक ट्रान्जिट द्वारका रूपमा रहेको यो शहर अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी सेवाका लागि उपयुक्त छ, र दक्षिण एसियाका तीव्र रूपमा विकास भइरहेका दोस्रो दर्जाका शहरहरूमा विस्तार गर्ने हाम्रो रणनीति अन्तर्गत यो होटल संचालनमा ल्याइएको हो।”

ग्रान्ड सेन्ट्रल होटलका अनुसार यो होटल संचालनमा आएसँगै नेपालमा विन्धमको उपस्थिति थप मजबुत भएको छ र यस क्षेत्रका उदाउँदा बजारहरूमा ब्रान्डेड हस्पिटालिटी सेवाको विस्तारलाई थप सहयोग पुर्‍याएको  छ। यस होटलका अतिथिहरूले विश्वकै सबैभन्दा ठूलो होटल लोयल्टी कार्यक्रमहरूमध्ये एक विन्धम रिवार्ड्सका सुविधाहरू पनि प्राप्त गर्नेछन्, जसमा विश्वभर १२ करोड २० लाखभन्दा बढी सदस्य आबद्ध छन्।

विन्धम होटल्स एण्ड रिसोर्ट्स  फ्रेन्चाइज्ड सम्पत्तिको संख्याका आधारमा विश्वकै सबैभन्दा ठूलो होटल फ्रेन्चाइजिङ कम्पनी हो, जसका छ वटा महादेशका करिब १०० देशमा ८,३०० भन्दा बढी होटल सञ्चालनमा छन्। करिब ८,६९,००० फ्रेन्चाइज्ड तथा अफिलिएटेड कोठाहरूको नेटवर्क मार्फत विन्धमले सामान्य यात्रुलाई लक्षित गरी लजिंग उद्योगको इकोनोमी तथा मिडस्केल सेग्मेन्टमा अग्रणी स्थान ओगटेको छ। कम्पनीले सुपर एट, डेज इन, रमादा, माइक्रोटेल, ला क्विन्टा, बेमोन्ट, विङ्गेट, अमेरिकइन, इको सुट्स, रजिस्ट्री कलेक्सन होटल्स, ट्रेडमार्क कलेक्सन र विन्धम लगायत २५ वटा होटल ब्रान्डहरू सञ्चालन गर्दछ। कम्पनीको अवार्ड-विजेता विन्धम रिवार्ड्स लोयल्टी कार्यक्रम मार्फत विश्वभरका हजारौं होटल, भ्याकेसन क्लब रिसोर्ट र भ्याकेसन रेन्टलहरूमा पोइन्ट प्रयोग गर्ने सुविधा प्रदान गरिन्छ, जसमा १२ करोड २० लाखभन्दा बढी सदस्य आबद्ध छन्। थप जानकारीका लागि www.wyndhamhotels.com मा हेर्न सकिन्छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने
फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत
शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

ताजा

पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने

फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.