• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ असार २०८३, आइतबार
१४ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
  • ६ घण्टा 

कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल
  • ७ घण्टा 

नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट
  • ७ घण्टा 

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
  • १५ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १५ घण्टा 

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
  • १६ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १६ घण्टा 

२०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

  • २. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

  • ४. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. २०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम

  • ६. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

  • ७. यस्तो छ आज देशै भरको मौसम पुर्वानुमान

  • ८. २०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • १०. एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

कालिन्चोक हाइड्रोपावरको आईपीओ चैत २२ देखि खुला, सर्वसाधारणलाई कति ?

जानकारी केन्द्र २०८२, चैत्र, १४

काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) चैत २२ गतेदेखि खुला गर्ने भएको छ ।

आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणतर्फ आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबर १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये ५ लाख ५० हजार कित्ता स्थानीय बासिन्दा र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याएर बाँडफाँट गरिसकेको बताइएको छ।

अब कम्पनीले सामूहिक लगानी कोषका लागि ४१ हजार २५० कित्ता र कर्मचारीका लागि १६ हजार ५०० कित्ता सुरक्षित राखी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि खुला गर्ने भएको हो। प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा निष्काशन हुने यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीका अनुसार आईपीओ छिटोमा चैत २५ गतेसम्म र ढिलोमा २०८३ वैशाख ६ गतेसम्म खुला रहनेछ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् भने सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको जनाइएको छ।

कम्पनीले सञ्चालन गरिरहेको ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजना कुल १ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण भएको बताइएको छ। प्रतिमेगावाट लागत करिब २४ करोड १४ लाख रुपैयाँ रहेको यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २९ वर्ष ५ महिना बाँकी रहेको छ। कम्पनीका अनुसार आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.१९ वर्ष र छुट मूल्य (डिस्काउण्टेड) आधारमा १५.३६ वर्ष रहेको छ।

ऊर्जा क्षेत्रमा लगानीको अवसरका रूपमा हेरिएको यस आईपीओले विशेषगरी साना लगानीकर्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। साथै, जलविद्युत क्षेत्रमा निरन्तर लगानी विस्तार भइरहेका बेला यस्तो निष्काशनले पूँजी बजारलाई थप चलायमान बनाउन योगदान पुर्‍याउने विश्लेषण गरिएको जनाइएको छ।

  • ipo
  • jankari
  • jankari kendra
  • jankarikendra
  • jankarikendra news
  • आईपीओ
  • कालिन्चोक हाइड्रोपावर
  • कालिन्चोक हाइड्रोपावरको आईपीओ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल
नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट

ताजा

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.