फोर्ड नेपालले ल्यायो विशेष अफरः फोर्ड एसयूभी वा पिकअप किन्दा एउटा इभी गाडी सित्तैमा
काठमाडौँ । जि.ओ अटोमोबाइल्स प्रा.ली. नेपालमा फोर्ड मोटर कम्पनीका आधिकारिक आयातकर्ताले ग्राहकहरुका लागि पहिलोपटक विशेष अफर सार्वजनिक गरेको बताइएको छ । कम्पनीका अनुसार सीमित अवधिका लागि लागू हुने यस योजनाअन्तर्गत,चयनित फोर्डका प्रिमियम एसयूभी तथा पिकअप खरिद गर्दा ग्राहकहरुले एकदमै नयाँ इलेक्ट्रिक भेहिकल (इभी) निशुल्क प्राप्त गर्नेछन् ।
यस अफरमा समावेश मोडेलहरुमा फोर्ड एभरेष्ट,फोर्ड र्याप्टर रहेका छन् भने यी सवारी साधनहरु आफ्नो शक्तिशाली प्रदर्शन, मजबुती र विश्वसनीयका लागि परिचित रहेको जनाइएको छ ।
बढ्दो इन्धन मूल्य र दिगो यातायातप्रतिको चासो बढिरहेको बेला,फोर्ड नेपालले ग्राहकहरुलाई “दुवै संसारको उत्कृष्ट” अनुभव गराउने उद्धेश्य राखेको बताइएको छ । लामो दूरी कठिन भूभागका लागी बलियो फोर्ड सवारी र दैनिक शहर यात्राका लागि कम खर्चिलो तथा वातावरणमैत्री इभी भएको कम्पनीले बताएको छ ।
जी.ओ. अटोमोबाइल्सका एक प्रवक्ताले भने,”यो नेपालमा आफ्नो किसिमको पहिलो अफर हो । हामी ग्राहकहरुलाई फोर्डको रोमाञ्चक ड्राइभिगं अनुभवसगैँ विद्युतिय सवारीको व्यवहारिकता एउटै प्याकेजमा प्रदान गर्न चाहन्छौँ । यस योजनाअन्तर्गत,ग्राहकहरुले एउटै मूल्यमा दुईवटा सवारी साधन प्रप्त गर्ने अवसर पाउनेछन्,जसले थप मूल्य,सुविधा र विकल्प प्रदान गर्न चाहान्छौँ ।”
जी.ओ. अटोमोबाइल प्रा.ली नेपालमा फोर्ड उत्पादनहरूको एकमात्र अधिकृत बिक्रेता रहनुका साथै विश्वस्तरीय सेवा र ग्राहक सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीको दाबी छ।
यसका काठमाडौं स्थित थापाथलीमा ४,६०० वर्गफुट क्षेत्रफलमा फैलिएको छ भने १८००० वर्गफुटको अत्याधुनिक कार्यशाला पनि सञ्चालनमा रहेको छ । प्रशिक्षित प्राविधिक टोली,सजिलो स्पेयर पार्ट्स उपलब्धता र कम खचिर्लो स्वामित्व दलागतले ग्राहकहरुलाई थप विश्वास दिलाएको जनाइएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


