सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ देखि खुला , सर्वसाधारणका लागि कति ?
काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी पूरा गरेको छ।
कम्पनीले वैशाख २ गतेदेखि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्ने जनाएको हो।यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ। अब सर्वसाधारणका लागि ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३४ लाख ७४ हजार ९०० कित्ता शेयर निष्काशन गर्न लागिएको छ।
कम्पनीले कुल १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। यसमध्ये ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, १ लाख ७१ हजार ६०० कित्ता कर्मचारी र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइसकिएको छ।आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
आवेदन वैशाख ६ गतेसम्म खुला रहनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख १६ गतेसम्म म्याद थपिने व्यवस्था गरिएको छ।शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले पाएको छ। लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था मार्फत सि–आस्बा प्रणाली वा मेरो शेयर अनलाइन प्लेटफर्म प्रयोग गरी आवेदन दिन सक्नेछन्।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
