निकट भविष्यमा थ्रीजी सेवा क्रमशः बन्द गरी फोरजी सेवामा रूपान्तरण गर्दै नेपाल टेलिकम
काठमाडौं । नेपाल टेलिकमले निकट भविष्यमा थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै थ्रीजी सेवालाई फोरजीमा क्रमशः रूपान्तरण गर्ने कार्य अघि बढाएको छ। यस अनुसार थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकहरूलाई सिम परिवर्तनका लागि भ्वाइस कल तथा एसएमएस मार्फत जानकारी गराइएको छ।
कम्पनीका अनुसार सम्बन्धित ग्राहकहरूले आफ्नो पुरानो सिमलाई फोरजी सिममा निःशुल्क रूपान्तरण गर्न सक्नेछन्। यसका लागि ग्राहकले पायक पर्ने नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ।
फोरजीमा परिवर्तन गर्न चाहनेले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र लगायत आफ्नो पहिचान खुल्ने कुनै आधिकारिक परिचयपत्रहरु देखाएर नयाँ फोरजी सिम लिन सक्नेछन्।
नेपाल टेलिकमकमा प्रवक्ता रबीन्द्र मानन्धरका अनुसार थ्रीजी भन्दा फोरजी प्रविधिको सिम चलाउँदा मोबाइल इन्टरनेटको गति र सेवाको गुणस्तरमा सुधार हुने भएकाले यसबाट ग्राहकलाई फाइदा हुने कम्पनीको विश्वास छ। यसै हिसाबले कम्पनीले थ्रीजी प्रयोगकर्तालाई फोरजीमा रुपान्तर गर्ने कार्यलाई तीव्र बनाएको उनले थपे।
यसका साथै आफ्नो सिम फोरजी प्रविधिको हो वा होइन भन्ने थाहा पाउनका लागि ८४४४३ डायल गर्न सकिन्छ। यसबाट फोरजी सेवा सक्रिय गर्नुका साथै उच्च गुणस्तरको भोल्टी (भोओएलटीई) सेवा समेत सहजै सक्रिय गर्न सक्नेछन् ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
