कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आफ्नो आईपीओ बिक्रि प्रक्रिया आजबाट सुरु गरेको छ । यसअघि कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको शेयर वितरण गरिसकेको थियो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि प्रति शेयर १०० रुपैँयाको दरमा १३ लाखभन्दा बढी कित्ता शेयर सार्वजनिक गरेको हो । सो मध्ये केही अंश सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याइएको छ भने बाँकी हिस्सा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । आवेदन दिन इच्छुक लगानीकर्ताले न्यूनतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति चैत २५ गते तोकिएको छ । आइपीओको बिक्री तथा व्यवस्थापन आरबिबि मर्चेन्ट बैकिंग लिमिटेडले गरिरहेको छ ।
सन् २०१६ मा स्थापना भएको कम्पनी २०२२ मा पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । यसले दोलखा जिल्लामा ५ मेगावट क्षमताको सांगु (सोरुण) खोला जलविद्युत आयोजना निमार्ण गरिरहेको भने यस बूट मोडेलअन्र्तगत सञ्चालन हुने योजना छ ।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
