नेपालमा जिली ईएक्स ५ ईभीको मूल्यमा परिमार्जन
काठमाडौं । नेपालमा जिली ईएक्स ५ विद्युतीय सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले आफ्नो लोकप्रिय पूर्ण विद्युतीय मिड–साइज एसयूभीहरूको मूल्यमा परिमार्जन गरिएको औपचारिक घोषणा गरेको छ।
कम्पनीका अनुसार परिमार्जित मूल्य आजदेखि लागू भएको छ र काठमाडौं, नारायणगढ, विराटनगर, बुटवल तथा नेपालगञ्ज लगायत देशभरका सबै शोरूममार्फत जिली इएक्स ५ खरिद गर्दा लागू हुनेछ।
नयाँ मूल्य संरचना अनुसार जिली इएक्स ५ म्याक्सको मूल्य अघिल्लो रु ६८ लाखबाट वृद्धि भई अब रु ६९.९९ लाख कायम गरिएको छ भने जिली ईएक्स ५ प्रोको मूल्य अघिल्लो रु ५८ लाखबाट बढाएर रु ५९.९९ लाख निर्धारण गरिएको बताइएको छ।
अमेरिकी डलरको विनिमय दरमा भएको निरन्तर वृद्धि तथा आयात लागतमा परेको प्रभावका कारण मूल्य समायोजन गर्नुपर्ने अवस्था सिर्जना भएको कम्पनीले जनाएको छ।
मूल्य परिमार्जन भए पनि एलआरआर मोटर्सले आफ्नो जारी नववर्ष बिक्री योजना यथावत् रहेको जानकारी दिएको बताइएको छ। जिली इएक्स ५ खरिद गर्ने ग्राहकहरूले थाइल्याण्ड भ्रमणसहित स्मार्ट कफी मेसिन,एडाप्टेबल चार्जर, आकर्षक नगद छुट तथा सहज वित्तीय सुविधा लगायतका आकर्षक उपहार तथा अफरहरू प्राप्त गर्न सक्नेछन् भने प्रिमियम विद्युतीय सवारीमा लगानी गर्ने उपयुक्त अवसर प्रदान गर्ने जनाइएको छ ।
“जिली ईएक्स ५ ले नेपालभरका ग्राहकहरूबाट अत्यन्त उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ,जसले विद्युतीय सवारीप्रति बढ्दो विश्वासलाई प्रतिबिम्बित गर्दछ। मुद्रा विनिमय दरमा भएको उतारचढावजस्ता बाह्य आर्थिक कारणले मूल्य परिमार्जन आवश्यक भएको हो, तर हामी ग्राहकलाई उत्कृष्ट मूल्य प्रदान गर्न प्रतिबद्ध छौं।” मूल्यमा परिमार्जनबारे एलआरआर मोटर्सका सेल्स हेड अधिर श्रेष्ठले भने, “थाइल्याण्ड भ्रमणसहितको हाम्रो नववर्ष अफरले ग्राहकहरूलाई प्रिमियम ईभी अनुभवसँगै निरन्तर विशेष लाभहरू प्रदान गर्ने सुनिश्चित गर्दछ।”
एलआरआर मोटर्सले उन्नत प्रविधि,उत्कृष्ट कार्यसम्पादन तथा ग्राहक केन्द्रित सेवामार्फत नेपालमा तीव्र गतिमा विकास भइरहेको विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति अझ सुदृढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्बन्धित समाचार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
भक्तपुरमा भेस्पा र अप्रिलियाको आधुनिक सुविधासहित नयाँ शोरुम सञ्चालनमा
पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

