राजस्व र रोजगारीमा नाडाको योगदान,अटोमोवाईल उद्योगको संरक्षण आवश्यक
काठमाडौँ । बुधबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतिको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराल संग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रको समस्याहरुको सम्बन्धमा विस्तृत छलफल गरेको बताइएको छ । सो भेटघाट तथा छलफलमा अध्यक्ष उप्रेतिले शीथिल अवस्थामा रहेको नेपालको अटोमोवाइल क्षेत्रलाई गतिशील बनाउन आवश्यक पर्ने केही नीति नियमहरुमा परिवर्तन आवश्यक रहेको र यसो भएमा सरकारले प्राप्त गर्ने राजश्व र रोजगारीमा पनि बृद्धि हुने धारणा राखेका छन् ।
अटोमोवाइल प्रतिनिधिहरुसंगको सो छलफलको क्रममा राजश्व सचिव भूपाल बरालले नाडाबाट प्राप्त सुझावहरु कार्यान्वयन योग्य रहेको र यी समस्याहरुको विषयमा आफु जानकार समेत रहेको बताएका छन्।
यसै क्रममा अध्यक्ष उप्रेतिले सि.के.डी.उद्योगले रोजगारी समेत सिर्जना गर्ने भएकोले यसको स्थायित्वका लागि कम्पोनेण्ट उद्योगहरुको आवश्यकता रहेको र त्यस्ता उद्योग खोल्न सरकारले प्रोत्साहन गर्नु पर्ने, त्यस्ता उद्योगहरुका लागि आवश्यक पर्ने कच्चा पदार्थहरु आयात गर्दा छुटको व्यवस्था हुनु पर्ने भन्दै यसले देशको रोजगारीमा बृद्धि ल्याउने र राजश्व मार्फत राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने जनाएका छन् । यसैगरी नाडाका अध्यक्ष उप्रेतीले कतिपय अटोमोवाइल बस्तुहरु नेपालमै उत्पादन भईरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरु सरकारसंग नभएकोले व्यवसायीहरुले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको बताएका छन् ।

सो छलफलमा नाडाका निबर्तमान अध्यक्ष करण चौधरीले लोन टु भ्याल्यु अनुपात बढाउन अत्यन्त जरुरी रहेको भन्दै यो रेसियोलाई बढाउन सके सवारी साधनहरुको विक्री पनि बढने सन्दर्भमा यसबाट रोजगारी मात्र बढने नभई सरकारको राजश्व प्राप्तिमा समेत बृद्धि हुने भएकोले यसबाट समग्र अटोमोवाइल व्यवसायको इको सिष्टम बढने हुंदा हाल कायम रहेको लोन टु भ्यालु रेसियोलाई पूर्नमूल्याङ्कनका लागि आग्रह समेत गरेको जनाइएको छ ।
यसैक्रममा नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोवाइल उद्योग विस्तार भएमा राजश्व र रोजगारीमा बृद्धि हुने भन्दै सरकारले अझैसम्म पनि सवारी साधनहरुलाई विलाशीताको बस्तुमा राखि बर्गिकरण गर्दै आएको गुनासो गरेका छन् भने यसै सिलसिलामा नाडाका सल्लाहकार श्रेष्ठले भारतमा जि.यस.टि घटेकोले चोरी निकासी बढेको भन्दै सीमा क्षेत्रमा कडाई गर्नु पर्ने धारणा राखे । त्यस्तै गरी श्रेष्ठले महशुलमा समायोजन गर्नु पर्ने समय आएको भन्दै सरकारले अटोमोवाइल उद्योगलाई उच्च प्राथमिकतामा राख्न आग्रह समेत गरेको बताएका छन् ।

सोही छलफलको क्रममा नाडाका महासचिव मिलनबाबु मल्लले नेपालमा आयात हुने विद्युतिय सवारी साधनहरुको पिक पावरको मापनका सम्बन्धमा केही प्रश्नहरु उठेको सन्दर्भमा नाडा सरकारसंग सहकार्य गर्न तयार रहेको र उक्त छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया र सचिव मेघराज पौडेल समेतकोे उपस्थिति रहेका जनाइएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


