Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

शेयर बजारमा १३ अंकको गिरावट,उत्पादन समूह हालसम्मकै उच्च स्तरमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, चैत्र, २७
शेयर बजारमा १३ अंकको गिरावट,उत्पादन समूह हालसम्मकै उच्च स्तरमा

काठमाडौँ । नेपाली शेयर बजारमा आज गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से ) परिसूचक १३.४६ अंकले घट्दै २८३७.७७ बिन्दुमा झरेको छ ।

आज बजारमा उल्लेख्य मात्रामा कारोबार भए पनि लगानीकर्ताको उत्साह कमजोर देखिएको छ । कुल ३३५ कम्पनीका करिब २ करोड १० लाख बढी कित्ता शेयर किनबेच हुँदा झन्डै ९ अर्ब रुपैँया बराबरको कारोबार भएको छ ।

उपसूचकतर्फ हेर्दा प्रायः सबै क्षेत्र राताम्य देखिएका छन् । विशेषगरी वाणिज्य बैँक, विकास बैँक र फाइनान्स समूहमा गिरावट आएको छ भने समग्र बजारलाई दबाबमा पारेको विश्लेषण गरिएको छ । विश्लेषकहरुका अनुसार अधिकांश क्षेत्रका एकसाथ गिरावट आउनुले बजारमा सावधानी अपनाउने संकेत देखिएको छ । लगानीकर्ता अहिले प्रतिक्षा र मूल्य समायोजनको चरणमा रहेको अनुमान गरिएको छ ।

Top Changing Nepal

युट्युब सट्स